स्याङ्जा लायन्स क्लबको संयुक्त परिचय सपथ तथा पदस्थापन कार्यक्रम

२०८१ भाद्र ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का 

स्याङ्जा, ५ भदौ । स्याङ्जा जिल्लामा रहेका ६ वटा लायन्स क्लब डिस्ट्रिक तीन सय पच्चीस एमको संयुक्त रुपमा परिचय सपथ र पदस्थापना कार्यक्रम भिरकोट नगरपालिकाको सिटी हलमा भव्य रुपमा मंगलबार सम्पन्न भएको छ।

लायन्स इन्टरनेसनल क्लबको मानबिय तथा समाज सेवा गर्ने उद्धेश्य सहित स्याङ्जा जिल्लामा ट वटा क्लब रहेको छ भने ६ वटा क्लब कै एकमुष्ट रुपमा भिरकोट नगरपालिकाको सिटी हलमा संयुक्त रुपमा परिचय तथा सपथ कार्यक्रम गरिएको भिरकोटका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारीले जानकारी गराउनुभयो।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक तीन सय पच्चीस एमका डिस्ट्रिक गभर्नर चण्डी प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। उहाले कार्यक्रममा बोल्दै संसारमा मानवीय सेवामा काम गर्ने संस्था लायन्स रहेको र लायन्स क्लबले देखावटी रुपमा नभई प्रत्यक्ष रुपमा मानवीय सेवाको भाब लिएर अघि बढेको जिकिर गर्नुभयो। मानवीय समस्यामा सहज बनेको क्लबमा सबै जनालाई जोडिन आग्रह गर्दै मिलेर अघि बढ्नुपर्छ भन्ने आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि भिरकोट मेयर भिरकोट लायन्स क्लबका संस्थापक सदस्य गोविन्द कुमार कर्माचार्यले मानवीय विपत्तिमा सेवा गर्दै आएको स्वास्थ्य सरसफाई जस्ता विविध विषयमा सचेतना र सजग बनाउन अघि बढेको संस्था लाई खुलेर प्रत्यक्ष रूपमा सेवा मा अघि बढेको मा काम को प्रशंसा गर्दै लायन्सलाई धन्यवाद व्यक्त गर्नुभयो।

त्यसैगरी डिस्ट्रिक तीन सय पच्चीस एमका डोल राज पोखरेलले लायन्सले विविध समस्याको समाधान स्वरुप मानवीय सेवामा काम गरिरहेको विपत्तिमा साथ दिएको क्लबको उद्धेश्य नै मानवीय तथा सामाजिक सेवा भएको हुँदा यस सम्बन्धी काम गरेको र नया लाई पनि समाज तथा मानवीय सेवामा जोडिएर निरन्तर रुपमा काम गर्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

भिरकोट लायन्स क्लबका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारीको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको सञ्चालन रिजन चियर पर्सन सजना कर्णेल कोइरालाले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लस्टर प्रमुख यादव पोखरेलले गर्नुभएको थियो।

कार्यक्रममा भिरकोट लायन्स क्लबका ढाकाराम अर्याल,स्याङ्जा टाउनको सुनिता पौडेल गौतम, स्याङ्जा पुतलीबजारका एक नारायण मरासिनी, गल्याङ्ग का योग बहादुर राना,वालिङ्ग ग्रीन सिटी का विश्व खड्का, वालिङ्ग सिटि का सुवा श्रेष्ठले सपथ लिँदै आफ्नो प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि डिस्ट्रिक गभर्नर चण्डी प्रसाद अर्यालले डिस्ट्रिक २४/२५ नया लाई सपथ र राम्रो काम गर्ने डिस्ट्रिक २३/२४ का लाई उद्धेश्य सहित अघि बढेको उत्कृष्ट क्लबका लिडरहरुलाई सम्मान गर्नुभएको थियो।

कार्यक्रममा भिरकोट उपमेयर लायन भगवती रेग्मी अर्याल, मुक्तिनाथ विकास बैंक का भरत लम्साल, धनिराम बराल, तारा प्रसाद अर्याल लगायत करिब दुई सय जनाको सहभागिता रहेको कार्यक्रम मा धन्यवाद ज्ञापन जोन चियर पर्सन विजय कोइरालाले गर्नुभएको थियो।

कार्यक्रममा क्लबका पुराना अध्यक्ष ले प्रतिवेदन पढेर सुनाउने, नयाँ अध्यक्षले कार्यकाल को बारेमा प्रतिबद्धता र नयाले सपथ खाने कार्यक्रम र वक्ताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको समापन कार्यक्रमका अध्यक्ष भिरकोट लायन्स क्लबका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारीले स्थापनाको छिटो समयमा विविध सामाजिक कार्यक्रम गर्न पाउँदा खुशी व्यक्त गर्दै साथ दिने सम्पूर्ण मा धन्यवाद भन्दै सहभागी सम्पूर्ण प्रति आभार व्यक्त गर्नुभएको थियो। मानवीय सेवा मा रहेको सचेतना जनचेतना फैलाउन सकिने कार्यक्रम भएको मा सबैलाई जोडिएर कार्यक्रम लाई निरन्तरता दिन आग्रह गर्दै कार्यक्रम मा सहभागी भई कार्यक्रम को शोभा बढाउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै नयाँ लाई लोकप्रिय तवर मा कार्यक्रम गर्दै अघि बढ्न शुभकामना दिँदै आफूहरु साथ रहने जानकारी गराउँदै कार्यक्रम समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय