काठमाडौ,५ भदौ । दुबै मृगौला फेल भएर आर्थिक अभाव झेल्नु भएकी स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ६ पिडिखोला (पातिखर्क) निवासी २९ बर्षिय पुजा थापा मगर लाई नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री सांसद धनराज गुरुङले आर्थिक सहयोग गर्नुभएको छ ।
बिगत १२ महिना देखि दुबै मिर्गौला फेल भइ हाल त्रि वि शिक्षण अस्पतालमा उपचारको क्रममा लामो समय अस्पताल मै रहिदै आउनुभएकि उहाँलाई पुर्व गुरुङले बुधबार अस्पतालमै पुगेर आर्थिक सहयोग गर्नुभएको हो ।
मिर्गौला प्रत्यरोपणको लागि खर्च धेरै लाग्ने हुँदा सबैलाई सहयोगको लागि अपिल गरिएको पुजाका श्रीमान शेर बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेसम्म जेनतेन खर्च जोहो गरेकै थियौ,मृगौला प्रत्यारोपण गर्न खर्चको जोहो नभएपछि सबैलाई सहयोगको लागि अपिल गरेका छौ । पुर्व मन्त्री आएर दश हजार दिएर जानुभयो । यसरी सहयोग आउने क्रम जारी ।” सहयोग गर्ने सबैलाई धन्यवाद दिदै उहाँले श्रीमतीको जिबन रक्षाको लागि सहयोग गर्न सबैलाई अपिल गर्नुभएको छ ।
सहयोग को लागी, सम्पर्क नम्बर: 9866572990
MUKTINATH BIKAS BANK LIMITED
Puja Thapa 00320600536114000001