मुग्लिन–नारायणगढ खण्डमा भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो

२०८१ भाद्र ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,७ भदौ। चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको हाे ।

आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको  त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् । उनीहरु सबैको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार