सूर्याज्योति इन्स्योरेन्सद्धारा अभिकर्ता सम्मान

२०८१ भाद्र १४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रकाश डोटेल

स्याङ्जा, १४ भदौ । सूर्याज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखाले आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा उत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरुलाई कम्पनीको शाखाले सम्मान गरेको हो ।

कम्पनीको शाखाले टिम व्यवसाय मार्फत उत्कृष्ट हुनेहरु शिव पोखरेल, हरि ढकाल र मञ्जु भुजेललाई सम्मान गरेको थियो । व्यक्तिगत उत्कृष्ट व्यवसाय गर्नेहरुका तर्फबाट चित्रबहादुर खत्री, मञ्जु भुजेल र प्रकाश डोटेललाई सम्मानित गरिएको थियो ।

आर्थिक वर्ष २०८०÷०८१ मा मासिक रुपमा उत्कृष्ट व्यवसाय गर्नेहरुमा विनिता श्रेष्ठ, रेखा क्षेत्री, सुस्मिता बस्याल, तिलबहादुर बस्याल, चित्रबहादुर खत्रि, मञ्जु भुजेल, प्रकाश डोटेल, सरिता रेग्मी, सम्पदा कर्माचार्य, जयबहादुर थापा र पुनम श्रेष्ठलाई सम्मान गरेको शाखाले जनाएकोे छ ।

सम्मान कार्यक्रममा कम्पनीका अभिकर्ता तथा २०२४ का एमडीआरटी प्रकाश डोटेलले बीमा क्षेत्रमा धेरै सम्भावना भएको बताउनुभयाे । उहाँले व्यक्तिको व्यक्तित्व विकाससँगै बीमाले बिमीतको सुरक्षा र अभिकर्ताको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गर्नुभयाे ।

त्यस अवसरमा बोल्ने वक्ताहरुले पछिल्लो समयमा मानिसको दैनिकी अस्तव्यस्त रहेकाले बीमा अनिवार्य भएको बताउनुभयाे ।

सम्मान कार्यक्रम शाखाका शाखा प्रमुख सुजन पोखरेलको सभापतित्वमा भएको सम्मान कार्यक्रममा स्वागत मन्तव्य शाखाका व्यवसाय प्रबद्र्धक अरुण श्रेष्ठले गर्नुभएकाे थियाे भने संचालन शाखाका कर्मचारी निसा बस्यालले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय