कृष्णप्रसाद ढकाल
ललितपुर १५ भदौ । महालक्ष्मी नगरपालिका–४ महेन्द्र आदर्श माध्यमिक विद्यालयको ब्यवस्थित विशाल प्राङ्गण महालक्ष्मी–तीजमहोत्सवले खचाखच भरिन पुगेको थियो । नेपाली कांग्रेस ललितपुर जिल्ला महिला विभागको आयोजना र नेपाली कांग्रेस महालक्ष्मी नगर महिला बिभागको संयोजनमा संचालित तीज बिशेष कार्यक्रम नेपाली कांग्रेस नेतृत्वतहको सम्मान तीजपर्व बधाई तथा शुभकामना अभिवादन अर्पण र खुशियाली साटासाट गरिंदै संचालन भएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य माननीय उर्मिला के.सी. नेपालको प्रमुख आतिथ्यमा आयोजना भएको उक्त महालक्ष्मी–तीजमहोत्सव कार्यक्रममा नेपाली कांग्रेस नेतृत्वतहलाई खादा बधाई तथा शुभकामनाका गुच्छाहरु अर्पण गर्दैसम्मान गरिएको हो ।
नेपाली बिषयशिक्षक तारा न्यौपाने द्धारा संचालित कार्यक्रमका सभापति नेपाल शिक्षक संघ महिला उपाध्यक्ष तथा महिला बिभाग संयोजक रुपा बिष्टले गर्नु भएको थियो ।
उक्त महालक्ष्मी–तीजमहोत्सव सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य माननीय उर्मिला के.सी. नेपालले उपस्थित सम्पूर्ण व्रतालु महिला दिदीबहिनीहरु सहित सबैमा जयनेपालको न्यानो अभिवादन अर्पण गर्दै माता पार्वतीले व्रतबसेकै कारण आफ्नो लक्ष्यप्राप्त गर्नुभएको यस महान र सफलताको प्रतिकपर्व तीजलाई पर्वकै हिसाबले मनाएर महिलाको सम्मान गराउनुपर्ने बिषयमा हाम्रो ध्यानजानुपर्छ भन्नु हुँदै, शिक्षक संघ भित्र रहेका अधुराकार्यहरु समस्याहरुकालागि मजहाँ जानुपर्छ, जे गर्नुपर्छ गर्नेछु भन्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
महालक्ष्मी–तीजमहोत्सव सम्मान कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस जील्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले महालक्ष्मी–तीजमहोत्सव कार्यक्रम समयसान्दर्भिक भएको र बिशाल उपस्थिति गर्वगर्ने आधार बनेको हुँदा शिक्षकसंघका अधुरा कार्यहरुमा हाम्रो सँधै ऐक्यवद्धता रहने र एकआपसमा सहयात्रा गरी अघि बढ्नुपर्ने कुरा बताउनु भएको थियो ।
कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस महालक्ष्मी नगरसमिति सभापति दिवाकर सिलवालले मातापार्वतीको निराहारव्रत र प्राप्त सफलताको परिणामले सबैको कल्याण भएको यो महत्वपूर्ण पर्वलाई सम्मान गर्दै नेपाली कांग्रेसका बिभिन्न पदमा आसिन सबैले आ–आफ्नो पदीय जिम्मेवारी र मर्यादा अनुरुप सबैले सबैलाई मर्यादित साथै सम्मान गरे सबै सम्मानका हकदार हुने र आगामी दिनमा सफलता प्राप्त हुनसक्ने धारणा राख्नु भएको थियो ।
यसरी नै कार्यक्रमका विशेष अतिथिहरुमा नेपाली कांग्रेस जील्ला उपसभापति सुदर्शन घिमिरे, महालक्ष्मी नगरपालिका शिक्षा बिभाग निर्देशक चिरञ्जिवी पौडेल, नेपाली कांग्रेस महालक्ष्मी नगरसमिति सचिव बिष्णु चन्द, नेपाल शिक्षक संघ जिल्ला सभापति शुरेस घिमिरे, नेपाल ट्रेडयुनियन जील्ला सभापति दुर्गा भण्डारी, महालक्ष्मी शिक्षा अधिकृत सुनिता योङयाङ, शिक्षकसंघ ललितपुर महानगर सभापति उद्धव तिमल्सिना, नेपाल शिक्षकसंघ गोदावरी सभापति कमल श्रेष्ठ, नेपाली कांग्रेस महालक्ष्मी ४ इकाई सभापति प्रकाश पराजुली, रीना मानन्धर, रोनिल पौडेल, ईतिहासविद तथा संचारकर्मी कृष्णप्रसाद ढकाल, ४नं. इकाई सचिव प्रल्हाद संग्रौला, सुरेन्द्र(कमल) के.सी., ट्रेडयुनियन जिल्ला उपसभापति रामप्रसाद भण्डारी, मीना पाठक, ५नं.इकाई सभापति सूर्य बस्नेत, मनोहर बुढाथोकी, नन्द के.सी., रुकु सापकोटा, पुष्कर के.सी, सानु के.सी., लगायत शिक्षक संघका पदाधिकारी र सदस्यहरुका साथै नेपाली कौग्रेसका नेता तथा कार्यकर्ताहरु र स्थानीय महिलाहरुको बाक्लो उपस्थितिमा महालक्ष्मी–तीजमहोत्सव सम्मान तथा अभिवादन कार्यक्रम संचालन गरिएको थियो ।