नाइटिङ्गेल स्कुलमा वादविवाद प्रतियोगिता,इभा पाण्डे प्रथम

२०८१ भाद्र १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौ,१८ भदौ । “आर्थिक समृद्धिको खोजी कोरिया र कुवेतबाट होइन खोरिया र खेतबाट सुरु गर्नुपर्छ” भन्ने विषयमा ललितपुरको कोपुण्डोलमा रहेको नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

माध्यमिक तह स्तरीय वादविवाद प्रतियोगितामा कक्षा ९ र १० मा पढ्ने १६ जना विद्यार्थी बीच प्रतिस्पर्धा भएको थियो । नेपाली विषय बिभागको आयोजनामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार धिरेन्द्र प्रेमर्षि रहनु भएको थियो ।

विद्यालय प्रधानाध्यापक रञ्जना  प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि धिरेन्द्र प्रेमर्षि सहित साहित्यकार भक्ति विलास घिमिरे र सबिन्द्र पौडेल निर्णायक मण्डलमा रहनु भएको थियो ।

पछिल्लो समय बढ्दै गएको विदेश जाने प्रचलनको  विषयलाई लिएर नेपालमै सम्भावना खोज्न सकिन्छ भन्ने सम्भावनाको सन्देश प्रदान गर्ने कार्यक्रममा सहभागीहरुले  विदेश जानुपर्ने अवस्था र नेपालको संभावनाका विषयमा आफ्ना आफ्ना धारणा प्रस्तुति दिनुभएको थियो ।

वादविवाद प्रतियोगितामा इभा पाण्डे प्रथम हुनुभएको थियो भने अनुराग इटनीले दोस्रो स्थान हात पार्नुभएको थियो । रोज्लिन शाहीले तृतीय स्थान हात पार्नुभयो भने सुभाङ्गी जैसवाल,युनिक भण्डारी र प्रसुन बास्तोलाले सान्त्वना स्थान हात पार्नुभएको थियो ।

तीन दशकभन्दा लामो ईतिहास बोकेको नाइटिङ्गेल स्कुलले एस.ई.ई र कक्षा १२ को परीक्षामा समेत हरेक वर्ष अब्बल स्थान हासिल गर्दै आएको छ । काठमाडौमा मात्र ३५ सय विद्यार्थी र २ सय शिक्षक/शिक्षिका रहेको विद्यालयले एक वर्षअघि पूर्वी नेपालको लहानमा समेत नाइटिङ्गेल स्कुलको शाखा विस्तार  गरेको छ ।

सातै प्रदेशका बालबालिकासम्म गुणस्तरीय शिक्षा विस्तार गर्न भविष्यमा सातै प्रदेशमा कम्तीमा एक एक शाखा विस्तार गर्ने योजना रहेको विद्यालयले विगतमा बोर्ड फर्स्ट गरी नेपालसरकारबाट तीन पटकसम्म राष्ट्रिय र क्षेत्रीय पुरस्कार समेत प्राप्त गरेको छ ।

फेरीहिल बिजनेस इन्टरप्राइज कलेज, युकेसँग व्यावसायिक साझेदारी विकास गरेको विद्यालयले ब्रिटिश काउन्सिलद्वारा प्रायोजित शिक्षक आदानप्रदान कार्यक्रमहरू समेत संचालन गर्दै आएको छ ।

यस विद्यालयका  विद्यार्थीहरू संयुक्त राष्ट्र संघको मुख्यालयले संयुक्त राज्य अमेरिकामा आयोजना गर्ने मोडेल युनाइटेड नेसन्स (MUN) मा सहभागी हुँदै आएका छन् । हालसम्म उक्त कार्यक्रममा २ पटक सहभागी भइसकेका छन् भने यो वर्ष पनि सहभागी हुने तयारीमा रहेको स्कुल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार