उपसभापति गुरुङले सोमबार धरानमा सम्बोधन गर्ने

२०८१ भाद्र २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२३ भदौ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा धरानमा सोमबार हुन लागेको कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले सम्बोधन गर्ने हुनुभएको छ ।

विपि चिन्तन प्रतिष्ठान धरानको आयोजनामा धरान उपमहानगरपालिका ७ को सिद्दिनेवा परिषदको हलमा हुन लागेको सम्मान तथा बिचार गोष्ठी कार्यक्रमलाई उपसभापति गुरुङले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका गाउँ,नगर, जिल्ला देखि प्रदेश तहसम्मका नेताको सहभागिता रहने तामाङले जानकारी दिनुभयो । उक्त कार्यक्रमका साथै इनरुवा पार्टी कार्यालयमा नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ सुनसरी जिल्ला अधिवेशनको समेत उदघाटन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय