हिमाल न्यौपाने
स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेस विरुवा गाउँपालिकाले १११ औं वीपी जयन्तीको अवसर पारेर असहाय एकल महिलाको लागि आवासीय घर बनाइदिने भएको छ ।
वीपी जयन्तीको शुभकामना ब्यक्त गर्दै विरुवा —५ किचनास स्थित पुष्पगाउँको दलित बस्तीका ६० बर्षिया नानीमाया विकको घर शिलान्यास गर्दै संघिय सांसद राजु थापाले रैतीबाट नागरिक बनाउने अभियान छेडेर हामीलाई सो मार्गमा हिडाउन अभिप्रेरित गर्नुभएका नेपाली कांग्रेसका संस्थापक नेता वीपीको सिद्धान्त र आर्दशलाई शिरोधार्य गर्दै नेपाली कांग्रेसले यस्तै सामाजिक कार्यमा जुटेको बताउनुभयो ।
उहाले भन्नुभयो राजनीति गर्ने हामी सुखदुखका साथी हौ । वीपीको नाममा दलित बस्तीमा आज सहभागी भएका लामो समयदेखि दलितलाई हेपेको हाम्रो समाजले दलितका सीप कलालाई राज्यमा उपयोग गर्न सकेनौ ।
नेपाली कांग्रेस र दलितको सम्बन्ध गर्भे सम्बन्ध हो । पार्टी जन्मदै महामन्त्री वीपी पछिको दोश्रो नेता धनमानसिंह परियार हुन । कांग्रेस जन्मदै दलित बोकेरै जन्मेको पार्टी हो । दलित उत्थानका गर्दे समता दिवस मनाउने र छुवाछुतको अन्त्यका लागि आवाज उठाउने पार्टी पनि नेपाली कांग्रेस नै हो ।’
अब छिटै घर निर्माणगरि विकलाई हस्तान्तरण गर्ने जनाउदै सांसद थापाले घरको छानाका लागि आवश्यक जस्तापाता ब्यक्तिगतरुपमा आवश्यक सहयोग गर्ने बताााउनुुुभयो । पार्टीले अघि बढाएको प्रक्रियालाई साथ दिदै र आउदा दिनमा सुखदुखमा साथ दिने कांग्रेसका जिल्ला सभापति समेत रहेका थापाको भनाई छ ।
सोही अभियानमा अन्य समाजसेवीहरुले पनि आर्थिक सहयोग गर्ने जनाएका छन् । दशै अगावै घर निर्माण सक्नेगरी सुरु गरिएको नेपाली कांग्रेस विरुवा गाउँपालिका सभापति डोलराज पोखरेलले जानकारी दिनुभयो । दुई कोठे घर निर्माण गरिने भएको छ ।
भूकम्पको धक्काबाट भत्केको घर असार २२ गते ढलेपछि नानीमायाले छिमेकीकोे घरमा शरण लिएर बसेको बताउनुभयो । ‘धेरै दुख सहेर बसेकी थिए । धेरैले के के बचन लगाए । मेरो कुरै सुनिएन । अहिले घर बनाईदिन थाल्नु भएको छ । धेरै खुशी लागेको छ ।’ विकले भन्नुभयो ।
शिलान्यास कार्यक्रममा कांग्रेसका गाउपालिका सचिव श्रीराम शर्मा र ओमनाथ शर्मा लगायतले वीपी जयन्तीको शुभकामना ब्यक्त गर्दै घर निर्माणका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।