स्याङ्जाका विभिन्न पालिकामा बिपी जयन्तीमा विविध कार्यक्रम

२०८१ भाद्र २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पूजा खड्का
स्याङ्जा, २५ भाद्र । स्याङ्जा जिल्ला नेपाली कांग्रेस कार्यसमितिले जिल्ला भित्रका विभिन्न पालिकामा विपीको १११ औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस जिल्लाको परिपत्र अनुसार विभिन्न पालिकामा सोमबार विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ।

विपी पथ अंगाल्दै हरेक नेपालीको घर मा एउटा दुहुने भैंसी होस् र बस्नको लागि बासको व्यवस्था होस् भन्ने विपीको अभिप्राय लाई आत्मसाथ गर्दै समाजमा देखिएका समस्यामा एकता भएर सहकार्य गरेमा समस्या हटाउन सकिन्छ भन्दै आपसी एकता र समस्या परेको बेला मलम लगाउन नेपाली कांग्रेस अघि बढेको जिल्ला सचिव दामोदर लम्सालले जानकारी गराउनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिको परिपत्र अनुसार फेदीखोला गाउँपालिका वडा नम्बर १ कटुसे स्थित अमोर सेवा समाज कमला पराजुली द्वारा संचालित बाल गृहमा खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम मा नेपाली कांग्रेस जिल्ला कार्यसमितीको कार्यबाहक सभापति केदार काफ्लेको अध्यक्षतामा प्रजातन्त्र तथा स्वतन्त्र सेनानी तारापति सुवेदीको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्ल लगायत पार्टीका विविध पदाधिकारी र शुभचिन्तकको सक्रियतामा कार्यक्रम सम्पन्न गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव दामोदर लम्सालले जानकारी गराउनुभयो।

त्यसै गरी विरुवा गाउँपालिका वडा नम्बर ५ पुष्प गाउँमा संघीय सांसद तथा संविधान सभा सदस्य जिल्ला सभापति राजु थापाको प्रमुख आतिथ्यतामा विरुवा गाउँ पालिकाका पार्टी सभापति डोल राज पोखरेलको अध्यक्षतामा नेपाली कांग्रेस कार्यसमिती र विविध पदाधिकारीको सहभागितामा परिवार विहिन विपन्न तथा एकल महिला नानिमाया विश्वकर्माको भूकम्प ले घर जीर्ण भएको र आम्दानीको अन्य स्रोत नभएको हुँदा शौचालय सहित दुई कोठाको पक्की घर बनाउने निर्णय सहित घर बनाउनको लागि शिल्यानास कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरि अविरल पहिरो बाट घर र परिवार गुमाएका विरुवा गाउँपालिका वडा नम्बर ६ का गोविन्द मरासिनी लाई थप अध्ययनको लागि जनप्रिय क्याम्पस पोखरामा व्यवस्था मिलाउने कार्य गरेको विरुवा गाउँपालिकाका पार्टी सभापति डोल राज पोखरेलले जानकारी गराउनुभयो।

त्यसै गरी भिरकोट नगरपालिका वडा नम्बर ६ चिउरेनीमा क्रियामा रहेका विपन्न परिवारका प्रेम माझी लाई खाद्यान्न वितरण साथै घर बार विहिन भएको हुँदा क्रिया सकेर चोखिए पछि घर निर्माण प्रक्रिया अघि बढाउने संकल्प नेपाली कांग्रेस भिरकोट नगर कार्य समितिले तय गरेको छ । यस अभियानमा भिरकोट नगर नेपाली कांग्रेस कार्यसमिति याम प्रसाद अधिकारीको अध्यक्षतामा भिरकोट मेयर गोविन्द कुमार कर्माचार्य, छायाराम खनाल नेपाली कांग्रेस पदाधिकारी लगायत शुभचिन्तकको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको नगर सभापति याम प्रसाद अधिकारी ले जानकारी गराउनुभयो ।

त्यसैगरि विपीको सिद्धान्त लाई अवलम्बन गरेको पार्टीले बिपी पथ अंगाल्दै बिपी का विचार को कदर गर्दै चापाकोट नगरपालिका वडा नम्बर ६ साखर केलादी घाटमा नेपाली कांग्रेस नगर सभापति विक्रम सारुको अध्यक्षतामा पार्टीका विभिन्न पदमा रहनुभएका पदाधिकारी र शुभचिन्तक को सहभागितामा रारा दामोदर वृद्धा आश्रम मा वृद्ध वृद्धहरुको सम्मान स्वरूप फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको नेपाली कांग्रेस जिल्ला सचिव दामोदर लम्सालले जानकारी गराउनुभयो।

त्यसै गरी विपीको चिन्तन गर्दै पुतली बजार नगरपालिका, वालिङ्ग नगरपालिका बिपी चोक मा विपीको शालिक मा माल्याणपण र पुष्प अर्पण गरिएको नेपाली कांग्रेस जिल्ला सचिव लम्सालले जानकारी गराउनुभयो । त्यसै गरी कालीगण्डकी गाउँपालिका वडा नम्बर २ मा बिपी विषयक विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय