अध्यक्षकाे सकृयतामा फाेटाेग्राफर मञ्च स्याङजाले नया खुलेका पसललाई दर्तामा कडाई

२०८१ भाद्र २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा, २६ भदाै । फाेटाेग्राफर मञ्च स्याङजाले पछिल्लाे समय पसल गरेर दर्ता प्रकृयामा नगएका पसलहरु लाई अनुगमन गरि दर्ता प्रक्रियामा जाेडन थालेकाे छ । जिल्लाभर फाेटाे,भिडियाेकाे काम गरि बसेका तर सस्थागत रुपमा दर्ता नगरेका पसलकाे अनुगमन गरि दर्ता प्रकृयामा ल्याउने काम सुरु भएकाे सस्थाका अध्यक्ष बिमल खनालले बताउनुभयाे ।

उहाँले भन्नुभयाे ,”जिल्लाभरमा फाेटाे ग्राफरहरु जन्मदै गर्दा दर रेटमा फरक परेकाे गुनासाे आएपछि हामी अनुगमन प्रकृयामा गएका हाै “। २०७८ सालमा बिधिवत रुपमा दर्ता गरि फाेटाे ग्राफर मञ्च स्याङजा गठन भएकाे हाे । साे स्थाले विभिन्न समयमा धेरै कनम गर्दै आएकाे छ । पछिल्लाे समय जिल्ला सदरमुकाम पुतलिवजार,बयरघारी ,अर्जुन चाैपारी,चापाकाेट,गल्याङ,जैपते,छाप, मिर्मी र आलमदेबि लगायतका ठाउमा पुगि ब्यावसाय गरि बसेका तर सस्तागत रुपमा नजाेडिएका पसलहरुलाई प्रमाण पत्र र रेट लिस्ट बितरण गरीएकाे हाे ।

साे क्रममा पुरानाे दर्ता पसललाई रु ५०० र नया दर्ता भयका पसलहरुलाई १००० दररेट राखि बार्षिक नबिकरण गरीएकाे छ । याे अभियानले आगामि दिनमा फाेटाे भिडियाे संग जाेडियका साथिहरुमा यकरुपता आउने सस्थाका अध्यक्ष बिमल खनालले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय