जिल्ला समन्वय समितिको बार्षिक समिक्षा कार्यक्रम

२०८१ भाद्र २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २६ भदौ । स्याङ्जा जिल्ला समन्वय समितिको बार्षिक समिक्षा जिल्लामा सोमबार र मङ्गलबार गरी दुई दिनमा सम्पन्न भएको छ। कार्यक्रम पहिलो दिन संघीय सांसद तथा संविधान सभा सदस्य राजु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

जिल्ला समन्वय समितिको बार्षिक समीक्षा कार्यक्रममा बोल्दै सांसद थापाले देशको उत्पादन बढाउन र रोजगारको सृजना बढाइ रोजगारको लागि विदेशिनु पर्ने समस्यामा न्यूनीकरण गर्नको लागि लगानी मैत्री कानुन बनाउनु पर्ने धारणा राख्नुभयो। देश मा लगानी बढाउनको लागि ठूला ठूला व्यवसाय सञ्चालन गर्नको लागि सुरक्षित रहने र सुरक्षा दिने कानुन बनाउनुपर्छ भन्दै आवश्यकता अनुसार संविधान संसोधन गर्न जरुरी रहेको जानकारी गराउनुभयो। विदेशी लगानी बढाउनको लागि कानुन संसोधन गर्नुपर्छ हामी काम खोज्दै विदेशिने नभई गरिएको लगानी को सुरक्षा गर्न सक्यो भने विदेशीहरू लगानी गर्न आउने भन्दै हाम्रो देश भित्र युवा रोजगार मा सहजता गर्न सकिने धारणा राख्नुभयो।

जिल्ला मा ठूला ठूला गौरवको आयोजना नभएका र आयोजना उत्पादन र दीर्घकालीन सोच का साथ अघि नबढ्दा देश मा बेरोजगारको समस्या मा वृद्धि भई विदेशिनु पर्ने वाध्यता रहेको जिकिर गर्नुभयो। शिक्षित जिल्लाको रुपमा नाम कमाएको स्याङ्जा जिल्ला मा सामाजिक अगुवा हरु विकास चाहने तर कानुन र समाज विकास मा बाधक भइरहेको हुँदा बाधा फुकाएर अघि बढ्न आवश्यक रहेको जानकारी गराउनुभयो।

अहिले प्रविधि इन्टरनेट गाउँ गाउँ घर घर मा पुगेको समय मा शिक्षाको स्थिति धेरै सुधार मुलक हुनुपर्ने मा खस्कँदै गएको देखिन्छ भने युवा वैदेशिक रोजगार मा मोहित भएको पाइन्छ। विकास का कार्यक्रम गाउँ केन्द्रित गर्दै जाँदा गाउँको जनसंख्या कमी हुँदै जाँदा समस्या थपिएको छ । पालिका हरुले पनि यस मा विशेष ध्यान दिएर योजना बनाउने र सकेसम्म दीर्घकालीन योजना मा बजेट सदुपयोग गरी युवा रोजगार को व्यवस्था मिलाउन सक्यो भने सुधार गर्न सकिन्छ भन्ने जानकारी गराउनुभयो। त्यसैगरि विभिन्न पालिका हरु बाट सहभागी हरुले आ आफ्नो बार्षिक आय व्यय र गौरवको आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो। जस् अन्तर्गत सोमबार कालीगण्डकी,आँधीखोला, फेदीखोला,विरुवा, हरिनाश र भिरकोट को रहेको थियो।

भिरकोटको योजनाविद् याम प्रसाद रेग्मीले बार्षिक आय व्ययको साथमा भौतिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने गौरवको योजना अन्तर्गत आँधीखोला तटबन्धन, प्लास्टिक मुक्त भिरकोट , बयरघारी विरुवा सडक बाटो र बयरघारी मोहनडाडा ठूली भन्ज्याङ्ग सडक निर्माण को कार्य गर्ने योजना रहेको जानकारी गराउनुभएको थियो।
कार्यक्रम मा प्रदेश सांसद सुधीर पौडेल, पूर्व मन्त्री सिता सुन्दास, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी प्रमुख, पालिका का प्रमुख उपप्रमुख नगर योजनाविद्, संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत को बाक्लो सहभागिता रहेको थियो।

कार्यक्रमको दोस्रो दिन पनि वालिङ्ग, गल्याङ्ग,अर्जुन चौपारी, पुतलीबजार लगायत खानेपानी, सिंचाइ, स्वास्थ्य, कृषि ज्ञान केन्द्र , सूर्योदय क्लब, अस्पताल,उद्योग तथा पर्यटन, सामाजिक विकास , स्वास्थ्य सचेतना समबन्धि संस्था तथा कार्यालयहरुले प्रगति विवरण योजना आय व्यय गरेका काम का गतिविधि र योजना मा रहेका विविध कार्यक्रम विनियोजन भएका योजना हुन बाकि योजना को बारेमा प्रस्तुत गर्नुभएको थियो।

त्यसै अन्तर्गत सूर्योदय क्लबले आफूहरुले गरेका शिक्षा तथा साक्षरता सम्बन्धी, स्वास्थ्य तथा जनचेतना सम्बन्धी , स्वरोजागर सम्बन्धी, आय आर्जन सम्बन्धी क्षमता अभिवृद्धि, सहकारी सम्बन्धी विविध क्षमता अभिवृद्धि समबन्धि तालिम जस्ता विविध क्षेत्रमा गरेका कार्यक्रम हरुको बारेमा विवरण हरु प्रस्तुत गरेको क्लबका अनन्त श्रेष्ठ ले जानकारी गराउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति का अध्यक्ष श्री प्रसाद जिटीले सहभागी प्रति आभार व्यक्त गर्दै विविध पालिका संस्थाका विषयमा आफूहरु प्रतिबद्ध भएर लाग्ने र योजना हरुमा अनुगमन गर्ने अन्तर पालिका समन्वय गर्न गराउन प्रतिबद्ध रहेको जानकारी गराउदैंकार्यकर्म समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय