क्रान्ति अर्याल
भदौ २७ स्याङजा । कालीगण्डकी गल्याङ यातायात प्रा.लि. गल्याङको दोस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । .
प्रा.लि.का गल्याङका अध्यक्ष भिमलाल अर्यालको अध्यक्षता र गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईको प्रमुख आतिथ्यतामा प्रा.लि.को सभाहलमा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख आतिथि भट्टराईले यातायात व्यवसायीले देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । त्यस्तै यातायात क्षेत्रलाई मर्यादित, भरपर्दो र सुरक्षित बनाउनुपर्नेमा उहाँले जाेड थियाे ।
त्यसैगरी कार्यक्रममा गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराई, नेपाली कांग्रेस गल्याङ नगर सभापति श्याम बस्याल, नेकपा एमाले गल्याङ नगर कमिटीका अध्यक्ष दानबहादुर थापा, गल्याङ चेम्बर अफ कमर्सका अर्जुन रानाभाट, गल्याङ बहुमुखी क्याम्पसमा अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई, यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, स्याङ्जा गण्डकी यातायात प्रा.लि. का प्रबन्ध निर्देशक गणेश थापा, नेपाली कांग्रेस प्रतिनिधि चन्द्र राना लगायतले बोल्नुभएको थियो ।
अधिवेशनको बन्दसत्रले संगै निवार्चन समितिले निर्वाचन प्रक्रियागत ढंगवाट समिति चयन गरेको हो । ११ जनाको उमेदवारी परेकोमा सबैजना मनोनीत भयका थिए । सुर्य प्रसाद चापागाईं, श्याम प्रसाद बस्याल , दया भट्टराई , बिष्णु अधिकारी, चिन्तामणी अर्याल, प्रकाश भट्टराई, सुर्य प्रसाद पाण्डेय, प्रकाश पंगेनी , खिमानन्द न्यौपाने र टिकाराम वि.क. रहेका छन् । ११ सदस्य चयन भयको समितिमा समितिको पहिलो बैठकले पुनः भिमलाल अर्याललाई अध्यक्ष चयन गरेको हो । बाकी अन्य सदस्यहरुलाई अब बस्ने समितिको बैठकका आधारमा कार्य विभाजन हुने नवनिर्वाचित अर्यालले बताउनुभयो ।
कार्यक्रममा निर्वाचन मन्डलका संयोजक होम थापाले नव निर्वाचित हुनुभएका पदाधिकारीलाई खादा लगाउनु भएको थियो । त्यसैगरी निर्वाचन मन्डलका सदस्य हिमाल न्यौपानेले निर्वाचित सबैमा अविर लगाउनु भयको थियो । अर्का सदस्य के. पि. खनालले सबै निर्वाचित सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन संचालक समिति सदस्य एवं प्रबन्ध कोषाध्यक्ष विष्णु अधिकारीले गर्नुभएको थियो ।