अर्जुनचौपारी गाउँपालिका उत्कृष्ट पालिकामा सम्मानित

२०८१ भाद्र २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई

स्याङ्जा २८,भाद्र । नेपाल सरकारको मुल्यांकनमा उत्कृष्ट भएका स्थानीय तहलाई नेपाली काङ्ग्रेसले सम्मान गरेको छ । बिहिवार एक समारोहको आयोजना गरी नेपाली काङ्ग्रेस बाट निर्वाचित उत्कृष्ट जनप्रतिनिधिलाई सम्मान गरिएको हाे ।

देशभरका ७ सय ५३ स्थानीय सरकार मध्य बाट उत्कृष्ट २१ स्थानीय सरकारलाई मात्र सम्मान गरिएको थियो । जसमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका पनि उत्कृष्ट पालिकामा सम्मानित भएको छ । युवा राजनीतिज्ञ प्रकाश तिवारी उष्कृट मेयरबाट सम्मानित हुनुभएकाे हाे ।

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादूर देउवाले उहाँलाई खादा माला र सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभएकाे हाे । उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति देउवाका साथै उपसभापति धनराज गुरुङ, महामन्त्रीलगायतका पार्टी पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

वित्तीय सुशासन, आर्थिक व्यवस्थापन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, जवाफदेहिता, पारदर्शिता, कार्यसम्पादन क्षमता विकास, शासकीय प्रवन्ध र सुशासन, सेवा प्रबाह, सामाजिक समावेशीकरणमा देशभरीमा उत्कृष्ट काम गरेको भन्दै कांग्रेसले सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय