मेटमणि चौधरीले राष्ट्रविरोधी अभिव्यक्ति दिएको भन्दै सदनमा कारबाहीको माग

२०८१ भाद्र ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,३१ भदौ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीले राष्ट्रविरोधी अभिव्यक्ति दिएको विषय संसद बैठकमा उठेको छ। सांसद् सूर्यप्रसाद ढकालले आज प्रतिनिधि सभाको बैठकमा पूर्वमन्त्री चौधरीले एक टेलिभिजनमा आफ्ना विचार राख्दा कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको भूमी होइन, भारतको पर्छ, भारतको दाबी जायज भन्ने विचार राष्ट्र हित विपरीत भएको भन्दै कारबाहीको माग गर्नुभएकाे हाे ।

उहाँले उक्त अभिव्यक्ति संविधान विरोधी, देशद्रोही, राष्ट्रघाति र सार्वभौम सत्ताका विरुद्ध भएकाले संसदले गम्भीर लिनुपर्ने माग गर्नुभएकाे हाे । उहाँको अभिव्यक्तिलाई गम्भीर ढंगले लिएर देशद्रोहीको मुद्दा चलाउनुपर्ने ढकालले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय