शिक्षा दिवसको अवसरमा स्याङजाको गल्याङमा नृत्य प्रतियोगिता आदर्श आवसिय मावि प्रथम

२०८१ भाद्र ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा, ३१ भदौ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा स्याङजाको गल्याङ नगरपालिकाले विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।

गल्याङ नगरपालिकाको सिटि हलमा भएको कार्यक्रममा आधारभुत तहका २० विद्यालय सहभागी हुनुभएकाे थियाे । जसमा सो बिद्यालयवाट ५३ विद्यार्थी सहभागी हुनुभएकाे थियाे। त्यसैगरी माध्यामिक तहका १९ विद्यालय सहभागी हुनुभएकाे थियाे। जसमध्येवाट ५० विद्यार्थी सहभागी हुनुभएकाे थियाे ।

पछिल्लो समय अतिरिक्त कृयाकलापवाट विद्यार्थीलाइ अगाढि बढाउनका लागि कार्यक्रमले ठुलो भुमिका खेल्ने गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराइले जानकारी दिनुभयो । प्रतियोगितावाट आधारभुत विद्यालय तर्फ लखन थापा  प्रथम,गिनचौर ईङ्लिस बोडिङ स्कुल द्वितिय र सालघारी आधारभुत विद्यालय तृतिय हुनुभएकाे छ । त्यसैगरी माध्यामिक तह तर्फ आदर्श आवासिय माध्यामिक विद्यालय प्रथम,चिराग माध्यामिक विद्यालय द्वितिय र नेस्नल ईङ्लिस बोडिङ स्कुल तृतिय हुनुभएकाे हाे ।

शिक्षा शाखाका अग्निधर बस्यालको सभा दक्षतामा भएको कार्यक्रम देवेन्द्र खनाल र पुरुषोत्तम बस्यालले कार्यक्रममको संचालन गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय