गल्याङ जेसिजको youth empowering कार्यक्रम

२०८१ आश्विन १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

संगम भण्डारी
स्याङ्जा, १ असोज ।  गल्याङ नगरपालिका १ मालुङ्गामा रहेको श्री सार्वजनिक नमुना माध्यमिक विद्यालयमा नेपाल जेसिसको ६०औँ स्थापना दिवसको अवसरमा गल्याङ जेसिसले “समुन्नतिका लागि सामाजिक उत्तरदायित्व नेतृत्व” भन्ने मूल नारा सहित कार्यक्रम गरेको थियो।

सोही कार्यक्रममा गल्याङ जेसिजका अध्यक्ष खगेन्द्र भण्डारीले माध्यमिक शिक्षामा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत विकास ,नेतृत्व विकास गराउने र गल्याङ जेसिस विशुद्ध र सामाजिक संस्था रहेको र यसले युवाहरूलाई नेतृत्व गर्ने क्षमता भएकाले हरेक क्षेत्रका युवाहरू अगाडि बढ्न सक्ने र देशको विकासका कार्यहरूमा युवाहरूले परिवर्तन गर्न सक्ने कुरा बताउनुभयो।

उक्त कार्यक्रममा गल्याङ जेसिजका पूर्व अध्यक्ष देवेन्द्र देव खनालले विद्यार्थीहरूलाई व्यक्तिगत विकासको लागि जो मान्छे बोल्न सक्दैन त्यो मान्छे पछाडि पर्छ र जसले बोल्न सक्छ ऊ जीवनमा सधैं अगाडि बन्ने र उहाँले विद्यार्थीहरूले यो समयमा नकारात्मक विचार लिने र जीवनमा अस्तित्व बिर्सिने र अगाडि बढ्न नसक्ने कुरा बताउनुभयो। उहाँले विद्यार्थीलाई यो समयमा सकारात्मक सोच लिएर अगाडि बढ्ने र गलत साथीहरूलाई सही साथीले सुधार गर्ने र उसलाई सकारात्मक बाटोमा लैजान सक्ने कुरा बताउनुभयो।

सोही कार्यक्रममा सार्वजनिक माध्यमिक विद्यालयका प्रधानध्यापक चुरामणि पाण्डेले आजका युवाहरू कतैकतै अल्झेको र युवामा सकारात्मक विचार भन्दा पनि नकारात्मक विचार बढी रहेको हुनाले यो प्रेरणाले विद्यार्थीहरूमा सकारात्मक सोचको विकास हुने र यो सिकाइलाई विद्यार्थीले मनन गरी आफ्नो आगामी दिनहरूमा राम्रो गर्न सक्ने कुरा बताउनुभयो।

उक्त कार्यक्रममा गल्याङ जेसिजका अध्यक्ष खगेन्द्र भण्डारी , पूर्व अध्यक्ष देवेन्द्र देव खनाल, कार्यक्रम संयोजक सुनिल पाठक, कार्यक्रमका प्रमुख अतिथि चुरामणी पाण्डे, विशिष्ट अतिथि सोमनाथ न्यौपाने लगायत अन्य शिक्षकहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन साधना न्यौपानेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय