स्याङ्जामा मनाए संबिधान एवं राष्ट्रिय दिवस

२०८१ आश्विन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भवानी अधिकारी
स्याङ्जा, ३ असोज । जिल्ला समन्वय समिति स्याङ्जा र पुतलीबजार नगरपालिकाको संयुक्त आयोजनामा बिहीवार संबिधान दिवस एवं राष्ट्रिय दिवस मनाइएको छ ।

पञ्चेबाजा र नेवारी बाजागाजा सहित बिभिन्न जातीय भेषभुषामा निस्किएका नगरबासी र निजामति तथा अन्य कर्मचारी, सुरक्षाकर्मी, बिभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यक्तिहरुको उल्लेख्य सहभागितामा बिहान प्रभातफेरि सहित शुभकामना आदानप्रदानगरी दिवस मनाइएको हो ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रम शुभारम्भमा प्रहरी, सेना, सशस्त्र बल नेपालबाट १÷१ टुकडी सलामी अर्पण गरिएको थियो । त्यसपछि, प्रभातफेरिमा भिमसेनस्थान मन्दिर हुदै अदालत लाईन — अभियानपथ — लोकतान्त्रिक चोक — वीपीचोक — चौकी— हुलाक मार्ग— रेडियो चोक — सहिदचोक हुदै पुन ः प्रशासन कार्यालयमा पुगेर शुभकामना आदानप्रदान गरिएको थियो ।

दिवसमा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्ति, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतले संबिधान एवं राष्ट्रिय दिवसको शुभकामना ब्यक्त गर्दै नेपाली नागरिकका ठूलो त्याग, तपस्या र बलिदानीबाट हासिल भएको संबिधानले नागरिकका धेरै हक अधिकार सुनिश्चितता गरेको बताए। मुल कानूनका रुपमा रहेको संबिधानका मूल मर्म अनुरुप ऐन कानून निर्माणगरी कार्यान्वयनका चरणमा रहीरहेकोमा जोड दिनुभयो ।

यसैगरी, स्याङ्जामा असोज १ गतेदेखि बिबिध सामाजिक काम गर्दै संबिधान तथा राष्ट्रिय दिवस मनाइएको छ भने घर तथा कार्यालयमा झण्डा र साँझ दिपावली गरिएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय