स्याङ्जामा गठन भयो नेपाल प्रजातन्र सेनानी संघ

२०८१ आश्विन ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा,४ असोज । नेपाल प्रजातन्र सेनानी संघ स्याङ्जामा पनि गठन भएको छ । शुक्रबार नेपाली काङ्ग्रेस पार्टी कार्यालय स्याङ्जामा बसेको भेलाले स्वतन्त्र सेनानी तारापति सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नेपाल प्रजातन्र सेनानी संघ स्याङ्जा गठन गरेको नेपाली काङ्ग्रेसका जिल्ला सचीव दामोदर लम्सालले जानकारी दिनुभयो ।

जसको उपाध्यक्षमा टीकाराम ढकाल,सचिवमा लक्ष्मण भट्टराई,कोषाध्यक्षमा भक्त वहादुर मल्ल र सदस्यहरुमा रामकृष्ण अधिकारी,जीवलाल काफ्ले,वोधराज रेग्मी (गोविन्द),दीर्घ नारायण अर्याल,अम्विका देवी पौडेल,रामनाथ शर्मा, मेघ बहादुर खड्‌का,हिरण्य आचार्य,खगराज भट्टराई,गीता भट्टराई,कर्मवीर नेपाली,ओमनाथ शर्मा,राम बहादुर आले रहनु भएको छ ।

उक्त भेलामा नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभावति विश्वप्रेम अधिकारी ,नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्ल, नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्साल, नेपाली कांग्रेस पुतलिवजार नगरसमितिका सभापति सुरज कुमार अधिकारी लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय