डिभिजन वन कार्यालयको संयोजनमा वृक्षारोपण

२०८१ आश्विन ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खडका
स्याङ्जा, ४ असोज । स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका वडा नम्बर ३ स्थित तिल डाडामा संविधान दिवसको अवसर पारेर शुक्रबार वृक्षारोपण गोडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम जिल्ला स्तरीय आयोजक समितिको आयोजना र डिभिजन वन कार्यालय स्याङ्जाको संयोजनमा सामुदायिक वन बाटिका मा वृक्षारोपण कार्यक्रम गरिएको हो।संविधान दिवस बिहीबार भए पनि आज शुक्रबार वृक्षारोपण गोडमेल तथा सरसफाई कार्यक्रम गरिएको हो।

बृक्षारोपण गोडमेल तथा सरसफाई कार्यक्रम मा जिल्ला समन्वय समिति प्रमुख श्री प्रसाद जी टी, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, स्याङ्जा जिल्ला प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर राना लगायत विविध व्यक्तित्वहरुको सहभागिता रहेको थियो। सहभागी सम्पूर्ण ले विभिन्न जातको विरुवा रोपेर कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय