मुक्तिनाथ बैंकद्वारा महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम

२०८१ आश्विन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ असोज । मुक्तिनाथ विकास बैंकद्वारा नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारण सभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत  समीर शेखर बज्राचार्य र मार्केटिङ्ग विभागका प्रमुख  विनयरत्न शाक्यले सहजीकरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा महिला उद्यमीहरुले बैंकिङ्ग कारोबार र सेवा सुविधा सम्बन्धी राख्नु भएको विभिन्न जिज्ञासाहरुलाई बैंकको तर्फबाट स्पष्ट समेत पारिएको थियो ।

महासंघका अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरुलाई बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै, बैंकको सेवा सुविधा बारे जानकारी भएको र सहभागीहरुको जिज्ञासाहरुलाई स्पष्ट भएकोले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताउनु भएको थियो ।

उक्त कार्यक्रममा महासघको तर्फबाट १५० जना महिला उद्यमीहरु सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार