आनन्दआश्रम प्रज्ञा सम्मानबाट स्याङ्जाका दुई प्रअ सम्मानित

२०८१ आश्विन १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल
स्याङ्जा, १९ असोज । आँधीखोला गाउँपालिका ५ मा रहेको आनन्द आश्रम ज्ञानकेन्द्रद्वारा स्याङ्जामा तीन दशकदेखि निरन्तर उत्कृष्ट शैक्षिक र प्राज्ञिक कर्म गरेको भन्दै आनन्द प्रज्ञा सम्मानद्वारा काजिमान हरिटीका माविका प्रधानाध्यापक ऋषिराम शर्मा र त्रिभुवन आदर्श माध्यमिक विद्यालयका प्रअ मुक्तिप्रसाद रेग्मीलाई सम्मान गरिएको छ । शनिबार आयोजिक एक विचार गोष्ठीमा प्राज्ञद्वयलाई आश्रमका तर्फबाट सम्मान गरिएको हो ।

काजिमान हरिटीका माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्मा गणित विषय शिक्षणमा जिल्लाकै प्रख्यात शिक्षक मानिनुहुन्छ । माध्यमिक तह प्रथम श्रेणीका शिक्षक उहाँ विगतमा स्रोत व्यक्ति र प्रशिक्षकको भूमिकामा रही स्याङ्जा जिल्लाको शैक्षिक उन्नयनमा अहम् भूमिका खेल्नुभएको छ ।

त्यस्तै त्रिभुवन आदर्श माविका प्रअ मुक्तिप्रसाद रेग्मी गण्डकी प्रदेश परीक्षा समितिको सदस्य हुनुहुन्छ । एउटा सामान्य रूपमा चलिरहेको त्रिआ माविलाई जिल्लाकै नमुना विद्यालय बनाएर हजारौ विद्यार्थीसहितको रूपान्तरित उदाहरणीय विद्यालयमा परिणत गर्ने सक्षम नेतृत्वका रूपमा रेग्मीलाई चिनिन्छ । उहाँ विगतमा शिक्षक सङ्घको जिल्ला अध्यक्ष भएर समेत शिक्षक हकहितका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

जिल्लामा साहित्यिक गतिविधि शुन्य भइरहेको बेलामा बुबा आनन्द ढकालको प्राज्ञिक योगदानलाई जीवित बनाउने गरी पूर्व मन्त्री त्रिलोचन ढकालले आनन्द आश्रमलाई साहित्यिक र प्राज्ञिक जमघटको थलो बनाइ यससँग सम्बन्धित विभिन्न कार्यक्रमहरू गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय