राधाकृष्ण समाजसेवी आमा समुहको भवन शिलान्यास

२०८१ आश्विन २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २० असाेज । भिरकोट नगरपालिका वडा नम्बर १ को राधाकृष्ण समाज सेवा आमा समुहले भवन निर्माणको लागि राधाकृष्ण टोलमा शनिबार भवन शिलान्यास गरेकाे छ।

गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भवन निर्माणको लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उहाले विपद्मा परेको अवस्थामा सबै जनाले खुलेर सहयोग गर्न आवस्यक रहेको जनाउँदै मृतक प्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो । त्यसै गरी राधाकृष्ण आमा समुहको भवन निर्माणको लागि आफुले सक्दो सहयोग गर्ने र प्रदेशमा सहयोगको लागि पहल गर्ने पनि जानकारी गराउनुभएको थियो । त्यसै गरी उहाँले युवाहरु विदेश पलायन हुने समाजमा बेथिति विचलन हुने र बेरोजगार हटाउनको लागि महिलाहरुको सक्रिय भूमिका रहने बताउनुभयो । त्यसै गरी आमा समुहको सक्रियतामा समाजमा भएका बेथिति विसंगति विचलन विरुद्ध आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो । सिपमुलक कार्यक्रम र तालिम दिएर अघि बढेमा समाजमा भएका विकृति विसंगति हट्न सहयोग पुगी बेरोजगारी न्यूनीकरण गर्न सकिने बताउनुभएको थियो।

कार्यक्रममा बोल्दै भिरकोट प्रमुख गोविन्द कुमार कर्माचार्यले समाजमा विविध समस्या भए पनि सा साना समस्या समाधान गर्दै विकृति विसंगति हटाउन आमा समूहको ठूलो महत्व रहने बताउनुभयो । त्यसै गरी समाजमा भएका समस्या समाधानमा तालिम सचेतना सीपमूलक तालिम दिएर सकारात्मक कार्यमा भुलाउन परिवार को जस्तै समाज मा आमा समूहको भूमिका रहने बताउँदै नगर लाई सहयोग गर्न आग्रह गर्नुभयो। जसले समाज विकासमा सकारात्मक संदेश प्रबाह गरी परिवर्तन गर्न सकिने धारणा व्यक्त गर्नुभयो। साथमा विजया दशमीको शुभकामना दिँदै विपद्को समयमा तडक भडक नगरिकन दसैं मनाउन र सहयोग मा अघि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रम मा बोल्दै भिरकोट प्रवक्ता वडा नम्बर १ का वडा अध्यक्ष दिपेन्द्र केसी ले आमा समुह हरु भवन निर्माण मा मात्र जोड दिन भन्दा समाज मा भएका विकृति, विचलन, विसंगति हटाउन पहल गरेमा समाज मा सकारात्मक सन्देश जान्छ। एक टोल को सुधार मा अर्को टोल प्रभावित हुँदा समाज मा सचेतना अभिवृद्धि हुने बताउनुभयो। त्यसै गरी सीप र तालिम को व्यवस्था मिलाउदा समाज मा बेरोजगार मा कमी आउने जानकारी गराउनुभयो। त्यसैगरि प्राकृतिक प्रकोप को समय मा आएको विपत्ति ले विविध समस्या ल्याएको कतिले ज्यान गुमाउनु परेको यो अवस्थामा मृतक प्रति भाबपूर्ण श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना को साथमा तडक भडक नगरिकन दशैं मनाउन अनुरोध गर्दै सहयोग मा एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको थियो। त्यसका गरी आमा समुहले गरेको काम प्रशंसा योग्य रहेको बताउँदै आफू र आफ्नो संस्थाको तर्फबाट सदा सहयोग रहने व्यक्तिगत प्रतिबद्धता नेपाली कांग्रेस भिरकोट का सभापति याम प्रसाद अधिकारी ले जानकारी गराउनुभयो।

त्यसै गरी नेपाली कांग्रेस जिल्ला सदस्य इन्दिरा केसीले समाज मा भएका विकृति विचलन हटाउन आमा समुह सक्रिय रहनुपर्ने बताउनुभयो। आमा समुह ले भवन निर्माण मा मात्र नभएर समाजमा सकारात्मक संदेश प्रबाह गर्नको लागि पनि सजग रहनुपर्ने बताउनुभयो। आय आर्जन मा जोडिएर सशक्त रहनुपर्ने विषय लाई उजागर गर्दै जसरी एक परिवार लाई सक्षम सवल बनाउन महिला को भुमिका रहन्छ त्यसै गरी समाज मा पनि महिला र आमाको उत्तिकै भूमिका रहन्छ भन्ने बताउनुभयो। सामाजिक कार्यमा अनवरत रुपमा सहयोग गर्दै आइरहेको र बाकी दिनमा पनि सामाजिक रुपमा सहयोग गर्ने र जुनसुकै समय र परिस्थिति मा समूहको समस्यामा समाधान ल्याउन साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रम आमा समूहकी अध्यक्ष विष्णु कुमारी लम्साल को अध्यक्षतामा सुरुवात भएको थियो । कार्यक्रम को सञ्चालन समुह सचिव हिरा खनाल गर्नुभएको थियो। कार्यक्रम मा समुहकी उपाध्यक्ष स्वागत मन्तव्य लक्ष्मी केसी ले राख्नुभएको उक्त कार्यक्रम मा नेपाली कांग्रेस मा जिल्ला सदस्य तोयानाथ अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष जगदीश कोइराला,भिरकोट लायन्स का अध्यक्ष ढाकाराम खनाल, भिरकोट उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष नुवादत्त अर्याल, सामाजिक व्यक्तित्व आनन्द चिलवाल , तोया नारायण श्रेष्ठ, क्षेत्र बहादुर थापा लगायत समूहका विविध सदस्य टोल मा रहेका बौद्धिक व्यक्तित्वहरू लगायत विविध व्यक्तित्वहरुको सक्रियता रहेको थियो। जसमा सबै जना वक्ताहरुले दशैंको शुभकामनाको साथमा समस्या समाधान दैविक प्रकोप प्रति खुलेर सहयोग गर्न आग्रह गर्दै भवन निर्माण मा सबैले हातेमालो गरेर अघि बढ्ने बढ्न आग्रह गर्नुभएको थियो। कार्यक्रम का अध्यक्ष विष्णु कुमारी खड्का ले सहभागी सम्पूर्ण लाई धन्यवाद भन्दै दशैंको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय