क्षेत्री दिवसको अवसरमा दशैंको शुभकामना आदान प्रदान

२०८१ आश्विन २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पूजा खड्का
स्याङ्जा, २० असोज । राष्ट्रिय अखण्डता र जातीय सद्भभावको नारा सहित सुरुवात भएको क्षेत्री एकता आजको आवश्यकता अन्तरगत  क्षेत्री एकता दिवसको अवसर दशैंको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

भिरकोट नगरपालिकाले शुक्रबार क्षेत्री एकता दिवसको अवसर  क्षेत्री समाजका केन्द्रीय सदस्य भक्त बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उहाले क्षेत्री समाजको लागि कार्यालय उदघाटन पनि गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले भिरकोट क्षेत्री समाजले बहुउद्देश्यिय भवन निर्माणको लागि अघि बढी रहेको बेला भिरकोट बासी एक भएर सहयोग गरी भवन निर्माण सफल पार्न सबैलाई आग्रह गर्नुभएको थियो। उहाले महान पर्व दशैं को अवसरमा क्षेत्री दिवस रहेको र क्षेत्री समाजको साथमा दशैंको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा भिरकोट प्रवक्ता वडा नम्बर एकका वडा अध्यक्ष दिपेन्द्र केसीले भिरकोट क्षेत्री समाजले बहुउद्धेशिय भवन निर्माणको लागि सिलान्यास गरिसकेको र निर्माण कार्यलाई सफल बनाउन आग्रह गर्दै क्षेत्री दिवसको साथमा दशैँ पर्वको शुभकामना व्यक्त गर्नुभएको थियो। साथमा उहाले बाढी पहिरो को विपद्मा रहेको बेला मृतक प्रति श्रद्धान्जली व्यक्त गर्दै प्राकृतिक विपत्तिबाट सतर्क रहन आग्रह गर्दै तडक भडक नगरिकन चाडपर्व मनाउन आग्रह गर्नुभएको थियो।

त्यसै गरी क्षेत्री समाज केन्द्रीय सदस्य इन्दिरा केसीले राष्ट्रिय अखण्डता र जातीय सदभावको निम्ति क्षेत्री एकता आजको आवश्यकता भन्ने मूल नारा सहित सुरु भएको क्षेत्री एकता देशव्यापी रुपमा रहेको छ । क्षेत्रीहरु जातिय प्रतिस्पर्धाको निम्ति नभई जातिय पहिचानको निम्ति अघि बढेको जानकारी गराउनुभयो। त्यसै गरी एकता नै तागत हो भन्दै एकताबद्ध भएर अघि बढ्नको लागि जाती जाती बीचको द्धन्द्ध हटाउन आवश्यक रहेको जानकारी गराउनुभयो । जातीय द्धन्द्ध हटाउन अघि बढेको जाती नै क्षेत्री जाती हो भन्दै आपसी सदभाबको निम्ति सदभाबको भाबना लिएर अघि बढ्न आवश्यक रहेको जानकारी गराउँदै भिरकोटले बहुउद्देश्यीय भवन निर्माणको लागि पहल गरेको समय सबै एक भएर भवन निर्माणमा जोडिन आग्रह गर्दै दशैंको सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम भिरकोट नगर क्षेत्री समाजका अध्यक्ष मिन बहादुर केसीको अध्यक्षतामा सुरुवात भएको थियो। क्षेत्री समाज नगर सचिव किरण केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भिरकोट क्षेत्री समाजका उपाध्यक्ष रेशम के सीले गर्नुभएको थियो । त्यसै गरी शुभकामनामा सिता अधिकारी, मञ्जुश्री अधिकारी भिरकोट नगर कार्यसमिति सदस्य पार्वती बस्नेत भिरकोट वडा नम्बर एक क्षेत्री समाज अध्यक्ष रवि केसीले गर्नुभएको थियो। त्यसै गरी मिठु अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

क्षेत्री दिवसको उक्त कार्यक्रम भवन निर्माणको लागि ७ हजार एक सय ६५ वर्ग फीट मा पहिलो तल्ला र ६ हजार ७ सय ५५ वर्ग फीटमा दोस्रो तल्लाको भवन निर्माण गर्ने योजना रहेको छ । त्यसै गरी भवन निर्माण गर्ने समय सम्मको लागि केसी भाडा पसलका प्रोप्राइटर चन्द्र बहादुर केसीले भवन निर्माण नहुँदा सम्मको लागि निःशुल्क एक कोठा वितरण गर्नुभएको छ भने साथमा तीस थान कुर्ची पनि वितरण गर्नु भएको जानकारी भिरकोट क्षेत्री समाजका सचिव किरण केसीले जानकारी गराउनुभयो। त्यसै गरी घटस्थापनाको दिन क्षेत्री दिवस परेको भए पनि प्राकृतिक विपत्तिका कारण सरकारले विपत्ति मा ज्यान गुमाएका प्रति शोक सभाको साथमा आधा झण्डा झुकाउने निर्णय गरेको हुँदा क्षेत्री समाज भिरकोटले पनि घटस्थापनाको दिन हुने कार्यक्रम हिजोको लागि सारेको जानकारी केसिले गराउनुभयो।

त्यसैगरि क्षेत्री समाजको भवन निर्माण कार्य सफल गराउन दीपक रोकाको सक्रियतामा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा, शहरी विकास तथा उपप्रधान मंत्री प्रकाश मान सिंह, पूर्ब शिक्षा मन्त्री गोपाल मान श्रेष्ठ, पर्यटन बोर्डका डाइरेक्टर हिक्मत एर सङ्ग भेटघाट गरी योजनाको विषयमा  सहयोगको जानकारी  सचिब केसीले गराउनुभयो। प्राकृतिक विपत्तिले देशमा नै समस्या बनाएको समय दशैं पर्व सामान्य तवरबाट मनाउन आग्रह सहित वक्ताहरुले दशैंको शुभकामना ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा विपत्तिमा परी मृत्यु हुनुभएका सम्पूर्णको लागि एक मिनेट मौन धारण गरी श्रद्धान्जली अर्पण गरिएको थियो।

कार्यक्रम क्षेत्री दिवसको अवसर पारेर दशैंको शुभकामना व्यक्त गर्दै बहु उद्धेश्यिय भवन निर्माण को लागि सबै जना एकजुट हुनुपर्छ भन्ने आफ्नो धारणा क्षेत्री समाज भिरकोटका अध्यक्ष मिन बहादुर केसीले राख्नुभएको थियो । त्यसै गरी क्षेत्री समाज भिरकोटको भवन निर्माणको लागि पूर्ण प्रधानमन्त्री , सरकारका उपप्रधान मन्त्री लगायत विविध व्यक्तित्वहरू सङ्ग भेटघाट गरी बहु उद्धेश्यिय भवन निर्माणको लागि पहल गरेको विषयमा जानकारी गराउँदै सहभागी सम्पूर्ण प्रति आभार व्यक्त गर्दै कार्यक्रम

समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय