झ्याप्पे खोलाको पहिरोमा मृत्यु भएका ३ जना लाई निमाघाटमा अन्तेस्ट्री गरियो

२०८१ आश्विन २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्ण बस्याल

स्याङ्जा,२३ असोज । धादिङको झ्पाप्ले खोलामा असोज १२ गते को अविरल बर्षा पछि आएको पहिरोमा परि मृत्यु भएका गल्याङ नगरपालिका वडा ३ लल्याङका ३ जना लाई मंगलबार गल्याङ नगरपालिका वडा ११ को निमाघाटमा अन्तेस्ठी गरिएको छ ।

असोज ११ गते साझ बुटवलबाट लु १ ज ४५७८ नम्बरको हाइसमा काठमाडौ हिडेका आमा सीता भट्टराई र जुम्ल्याहा छोरा छोरी दिपेश र दिपिका भट्टराईको शब तत्काल काठमाडौ स्थित शिक्षण अस्पताल महाराजगन्ज पुर्याएको थियो । उहाँका श्रीमान वैदेशिक रोजगारको शिलशिला कोरिया भएका कारण सब त्यही राखिएको थियो । श्रीमान सोमबार नेपाल आइसकेपछी उनिहरुको शब सोमबार राती नै काठमाडौबाट ल्याएको थियो भने लामो बाटो भएकाले मगलबार मात्र शब घरमा ल्याएको थियो । होनहार विद्यार्थी रहेकाले उनिहरुको शबमा राष्ट्रिय झण्डा ओडाइ अन्तेस्ठी गरिएको थियो ।

नेपाल सरकार गण्डकी प्रदेश खानेपानी मन्त्रालयको निर्वतमान मन्त्री सरस्वती तिवारी गण्डकी प्रदेश सभा सदस्य माननीय महेश भट्टराई, गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु भट्टराई , गण्डकी प्रदेश सस्थापक सदस्य भागवत प्रकाश मल्ल , गरिमा बिकास बैक का अध्यक्ष श्याम प्रसाद बस्याल लगाएत वडा अध्यक्षहरु शैक्षिक ब्याक्तीत्व सामाज सेवी लगाएत ले राष्ट्रिय झन्डा ओडाइ उनिहरुको सम्मान गरिएको थियो ।

रुपन्देहीको बुटवल स्थित कालिका मानवबिज्ञान मा बि को कक्षा १० मा अध्यायरत जुम्ल्याहा दाजु बहिनी पढाइमा निकै अब्बल थिए । उनिहरु पहिलो चरणमा नेपाल यस्ट्रोलोमिकल सोसाइटीको आयोजनामा नेसनल यस्ट्रोलोमिक ओलम्पिक २०२४ मा भाग लिइ सफल भैसके पछि दोस्रो चरणमा भाग लिन बाङ्लादेश जानको लागि काठमाडौ जाँदै थिए । उक्त प्रतियोगिता मा ३२ राष्ट्र का विद्यार्थी सहभागि हुन भनिएको थियो तर अनिहरुको सपना झ्याप्ले खोलाको पहिरोमा बिलिन हुन पुगेको थियो । उक्त घटनाले गल्याङ नगरपालिका को वडा ३ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय