पक्राउ पुर्जीपछि रास्वपा कार्यालयमा कार्यकर्ताको भिडभाड

२०८१ कार्तिक २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपश्चात् केन्द्रीय कार्यालयमा  नेता कार्यकर्ता भेला भएका छन् । वनस्थली स्थित पार्टी कार्यालयमा कार्यकर्ताहरू जम्मा हुने क्रम जारी छ ।

बिहानैबाट लामिछानेलाई पक्राउ गर्ने चर्चाका बिच नेताहरू पार्टी कार्यालयमा बसिरहेका छन् । सभापति लामिछाने पनि त्यही छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछाने संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई केही बेर अघि अनुमति दिएपश्चात् पार्टी कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बाक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार