काठमाडौँ ,३ कात्तिक। सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताउनुभएकाे छ । पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता समेत रहेका श्रेष्ठले सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई दबाब दिइरहने उल्लेख गर्नुभयाे ।
आन्दोलनमा नक्कली सहकारी पीडित घुसेर बिथोल्न आउने सूचना पाए पनि रास्वपाले शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि उनीहरू पछि हटेको उल्लेख गर्नुभयाे ।