चापाकोटमा सकेट बम विस्पोट, एक घाइते

२०८१ कार्तिक ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ३ कात्तिक । स्याङ्जाको चापाकोट ननगरपालिका ४ मल्याङ्कोट पुरीगाँउमा सकेट बम विस्पोट हुँदा एक जना घाइते भएका छ्न् ।

सकेट बम विस्पोट हुँदा चापाकोट नगरपालिका ४ बस्ने ४५ वर्षीय गोबिन्द पुरी घाइते भएको प्रहरीले जानकारी दिएकाे छ ।

पुरीको बाँया आँखा भन्दा मुनी, बाँया खुट्टा र नाईटो भन्दा तल चोट लागेको छ । उहाँलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रबास पाल्पा लगिएको छ।

पुरीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएकाे छ । पुरी २ बर्ष अगाडि नेपाली आर्मीबाट अवकास हुनुभएको थियो ।

शनिबार साँझ ५ बजे पुरीको तीन तले कच्ची घरको माथिल्लो तलाबाट दोस्रो तलामा पुराना भाडाबर्तनहरू फाल्ने क्रममा अचानक सकेट बम विस्पोट भएको हो । उहाँकाे घरमा सामान्य क्षेति भएको छ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको  प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार