स्याङ्जामा खुशी विज्ञान सम्बन्धी एक दिने योग शिविर

२०८१ कार्तिक ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा ,५ कार्तिक । कर्मचारी मिलन केन्द्र स्याङ्जाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको व्यवस्थापनमा खुशी विज्ञान सम्बन्धी एक दिने योग शिविर सम्पन्न भएको छ ।

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका १ मालेबगरको कभर्ड हलमा शनिबार सन्चालन शिविरको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले उद्घाटन गर्नुभएको थियो । शरीर र दिमागलाई स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग रहेको भन्दै नेपालले योग, ध्यान र प्रणायम जीवनमा लाभदायक हुने बताउनुभयो ।

शिविरमा जीवन विज्ञान प्रतिष्ठान गण्डकी प्रदेशका प्रशिक्षक शंकर पोखरेल र दिपा पौडेलले प्रयोगात्मक तथा सैद्धान्तिक शिक्षा प्रदान गर्नुभएको थियो । बिहान ८ बजेदेखि सुरु भएको खुसी विज्ञान योग शिविर साँझ ५ बजे समापन भएको थियो । उक्त शिविरमा २ सय ५० जना महिला तथा पुरुषको सहभागिता रहेको थियो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष माधव लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी उपरीक्षक शालिकराम शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कर्मचारी मिलन केन्द्रका सचिव सुरेश सुवेदीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय