प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक

२०८१ कार्तिक ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,७ कात्तिक। सत्तारुढ दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र सरकाले ल्याउने चर्चा भएको दल विभाजन सम्बन्धी अध्यादेशबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय