झापामा बसले साइकललाई ठक्कर दिँदा हजुरबुबा र नातिनीको मृत्यु

२०८१ कार्तिक ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा, ७ कात्तिक ।  झापाको कमल गाउँपालिका–४, केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज बसले साइकललाई ठक्कर दिँदा हजुरबुबा र नातिनीको मृत्यु  भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनका ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए । उनकाअनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

 घटनापछि स्थानीयवासीले राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय