कालीगण्डकी गुरुकुलम विद्यालय नेपालकै पहिलो गुरुकुलम विद्यालय हो : रम्बा गा.पा अध्यक्ष भण्डारी

२०८१ कार्तिक ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी
स्याङ्जा, ११ कात्तिक । कालीगण्डकी गुरुकुलम विद्यालय नेपालकै पहिलो गुरुकुल विद्यालय रहेको रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभएकाे छ ।

मातापिताको सम्मान र धार्मिक पर्यटन प्रवर्द्धन गर्न स्याङ्जाको मालुंगा धाम कालीगण्डकी उत्तरबाहिनीमा आयोजना गरिएको कालीगण्डकी उत्तरबाहिनी धार्मिक महोत्सवमा बोल्दै उहाँले यस्ताे  बताउनु भएको हो।

स्याङ्जाको गल्याङ नगरपालिका –१ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीमा रहेको उत्तर बाहिनीमा महोत्सव सञ्चालन गरिएको छ ।

उक्त कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका सहकोषाध्यक्ष रमेश बस्याल, प्रतिष्ठानका पूर्व सदस्य डोलराज बस्याल, दुर्गा कँडेल बस्याल, नारायण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

महोत्सव २१ दिन अर्थात् कार्तिक ३० गतेसम्म मातापिता पूजा एवं गण्डकी शालिग्राम दामोदर महोत्सव हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय