काठमाडौं ,१२ कार्तिक । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रस्ट रहेको बताउनुभएकाे छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार भएको बैठकमा उहाँले सरकार भ्रष्टाचार निवारण, नियन्त्रण र भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रस्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानून र विधेयक प्रस्तुत भएको धारणा राख्नुभयाे।
उहाँले भन्नुभयाे, ‘प्रस्तुत विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यसलाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस् भन्ने सरकारको तर्फबाट आग्रह छ । यी विधेयक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानून बनाउनुपर्छ ।’