शिबालय युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा जनहित युवा क्लब च्याम्पियन

२०८१ कार्तिक १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का


स्याङ्जा,१२ कार्तिक । स्याङ्जा जिल्ला गल्याङ्ग नगरपालिका वडा नम्बर २ को गुठीमा रहेकाे शिवालय युवा क्लबले आयोजना गरेको साविक वडा क्लब स्तरीय भलिबल प्रतियोगितामा जनहित युवा क्लब पेलाकोट च्याम्पियन बनेको छ।

साबिक वडा क्लब स्तरीय भलिबल प्रतियोगिता कार्तिक ३ गते बाट सुरु भएर १० गते शनिवार सम्पन्न भएको थियाे । कार्यक्रम गल्याङ्ग नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

नगर प्रमुख गुरु प्रसाद भट्टराईले कार्यक्रममा बोल्दै खेलले अनुशासन सिकाउँने र अनुसासित रहन प्रेरित गर्ने बताउनुभयाे । त्यसै गरी उहाँले टोल वडा क्लब बाट नै नगर जिल्ला प्रदेश हुँदै राष्ट्रिय खेलाडी चुनिने हो भन्दै लगाव राखेर अघि बढ्नुपर्ने अाग्रह गर्नुभयाे । यसको लागि नगर तथा व्यक्तिगत रुपमा आफूहरुले सक्दो प्रयास गरिरहेको बताउदै आउँदो दिनमा पनि सक्दो प्रयास गर्ने बताउनुभयो।

शिबालय युवा क्लबको संस्थापक अध्यक्ष रहनुभएका हाल क्लबका अध्यक्ष बेद प्रसाद कर्माचार्यको अध्यक्षतामा कार्यक्रम सुरुवात भएको थियो । कार्यक्रम सञ्चालन नमिन्द्र श्रेष्ठले गर्नुभएको थियाे भने कार्यक्रममा स्वागत मन्तव्य परशुराम कर्माचार्यले राख्नुभएको थियो । कार्यक्रममा उपमेयर हेमा न्यौपाने, शिबालय मा वि का व्यवस्थापन समितिका अध्यक्ष धुन बहादुर थापा, जनक श्रेष्ठ, सुनिल खड्का, मनिषा जोशी, वडाध्यक्ष खड्ग बहादुर थापा, पूर्ब वडाध्यक्ष इब प्रसाद कर्माचार्य, समाजसेवी मोहन कर्माचार्य व्यवस्थापन समितिका रिम श्रेष्ठ लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा नेवारी संस्कृति अन्तर्गतको लाखे नाच प्रदर्शनी गरिएको थियो । जसले दर्शक लाई मनोरञ्जन प्रदान गरेको थियो । त्यसैगरी लोक गायक सुरज श्रेष्ठले गीत सुनाएर कार्यक्रमको आकर्षक थपिएको थियो ।

शिबालय युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा जनहित युवा क्लब पेलाकोट च्याम्पियन भएको छ भने ५१ हजार नगद सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी हुगी भलिबल क्लब पाल्पा दोस्रो हुन सफल भएको छ भने ३१ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ। त्यसै गरी आयोजक शिबालय युवा क्लब तेस्रो भएर २१ हजार नगद सहित ट्रफि मेडल प्रमाणपत्र हात पार्न सफल भएको छ । सान्त्वना पुरस्कारमा पनि आयोजक शिबालय युवा क्लब कै अर्को टीमले ११ हजार नगद सहित ट्रफि मेडम र प्रमाण पत्र हात पार्न सफल भएको छ।

खेलको विधा अन्तर्गत जनहित युवा क्लब पेलाकोट वेस्ट प्लेयरमा उमेश सेन्चुरी, वेस्ट लीब्रोमा सुशील सेन्चुरी र वेस्ट ब्लकरमा सुगम विश्वकर्मा रहनुभएको छ । त्यसैगरि वेस्ट सेटरमा समिर वाकावल र वेस्ट स्पाईकरमा सन्दिप सुनारी हुगि युवा क्लब पाल्पा बाट रहनुभएको छ ।

कार्यक्रम स्थानिय देश विदेशमा रहने दाजु भाइ दिदीबहिनी साथी भाइकाे सहयाेगमा सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका रीम श्रेष्ठले जानकारी गराउनु भयो । त्यसैगरी कार्यक्रममा प्रथम पुरस्कार राशिको लागि हाल अमेरिकामा कार्यरत सुदिप श्रेष्ठले व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका श्रेष्ठले जानकारी गराउनुभयो ।

क्लबको कार्यक्रमका लागि पूर्व प्रदेश सांसद भागवत प्रकाश मल्लले खेल मैदान स्तरोन्नतिको लागि पहल गरेर भलिबल प्रतियोगिता गर्न सफल भएको र नगर बाट खेल मैदान स्तरोन्नतिको लागि थप सहयोग गरेको जनाउँदै अझ पनि धेरै काम बाकी रहेको शिबालय युवा क्लबका अध्यक्ष वेद प्रसाद कर्माचार्यले जानकारी गराउनुभयो । पहाडी क्षेत्र दर्शकले हेर्नको लागि सहज बस्ने ठाउँ नहुँदा समस्या भएको र दर्शकहरु माथि माथि बस्दा रहदा लड्न सक्ने खतरा भएको हुँदा बसेर हेर्न मिल्ने सहज ठाउँको आवश्यक रहेको जानकारी गराउनुभयो । त्यसैगरि खेल मैदानमा खेलाडी देखि दर्शक अतिथि सम्पूर्ण लाई शौचालयको आवश्यक रहेको जानकारी गराउँदै सहयोग गर्ने सम्पूर्ण प्रति र कार्यक्रममा सहभागी सम्पूर्णलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार