पाल्पा ,१३ कार्तिक । सोमबार राती करिब १०: ५० मा पाल्पा जिल्लाको रम्भा गा.पा. ३ अगाहाखोला स्थित सिद्दार्थ राजमार्गमा दुई ट्रक ठोकिए स्याङ्जा जिल्ला वालिङ् नगरपालिका १० बस्ने एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुटवलबाट पोखरा तर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक अचानक अनियन्त्रीत भई (ब्रेक फेल भैइ) सोही दिशा तर्फ जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडीबाट ठक्कर दिँदा लु १ ख ९३५१ नम्बरको ट्रक चालक जिल्ला पाल्पा रम्भा गा.पा. ३ बस्ने बर्ष २३ को भुवन सिंह रानाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका रानाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
घाइते हुनेमा स्याङ्जा वालीङ न.पा. १० बस्ने २१ बर्षका सन्जित खवास थापाको हातमा चोट रहेको अवस्था सामान्य रहेको, ना १ क ७१२१ नम्बरको ट्रक चालक जिल्ला स्याङ्जा वालीङ न.पा. ९ बस्ने ५६ बर्षका गुप्त बहादुर गुरुङ सकुशल रहेको प्रहरी ले जनाएको छ । उक्त सवारी दुर्घटना थप अनुसन्धान भईरहेको छ ।