मातापिता पुजन एवम दामोदर महोत्सव प्रती बढ्दै आकर्षण

२०८१ कार्तिक १४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निशा भट्टराई

कार्तिक १४ , स्याङ्जा । कार्तिक ९ गतेबाट संचालन भएर कार्तिक ३० गतेसम्म चल्ने मातापिता पुजन एवम दामोदर महोत्सवमा आकर्षण बढ्दै गएको छ ।

स्याङ्जाको गल्याङ्ग १ र पाल्पाको रम्भा १ उत्तर वाहिनी क्षेत्रमा संचालन भइरहको मातापिता पुजन एवम दामोदर महोत्सव २०८१ को पाचौ दिन पनि महोत्सवमा उल्लेखनीय उपस्थिति रहेको थियो ।

पाचाैँ दिनकाे कार्यक्रममा विशेष वक्ताको रुपमा रहनुभएका रामकृष्ण उपाध्ययले हिन्दु धर्मको विशेष संरक्षण गर्नुपर्ने धारणा राख्नुभएको थियो भने कथा ब्यास समाजका महासचिव राघब उपाध्यय स्कोनका रन्कोदेव दास ब्रमाचारी , हेमाङ्ग गौराङ्ग दास लगायत थुप्रैको उपस्थिती रहेको थियो । भुतपुर्व सैनिक विकास एवम कल्याणकारी संस्थाका अध्यक्ष एवम विशेष व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

उक्त महोत्सवमा विशेष अतिथी लक्ष्मण बस्याल प्रभुले भगवानको महिमाको बारेमा चर्चा गर्नुभएको थियो भने राष्ट्रिय तथा अन्तरास्ट्रिय योगका प्रशिक्षक योगका प्रशिक्षक देबमणि बस्यालले योग र ध्यान गर्न सकेमा शरीर निरोगी हुने कुराको चर्चा गर्नुभएको थियो ।

महोत्सवमा कथा बाचक चैतन्य कृष्ण प्रभुले दामोदर मासको चर्चा गर्नुभएको थियो । मंगलबाट सुरु गरिरहेको मातापिता पुजनका लागि केही बटुकहरुका मातापिता तथा अन्य पाहुनाहरुका मातापितालाइ संकल्प सहित पुजन गरिएको थियो ।

सुर्यअस्त पुर्ब गण्डकी महाआरती गरि कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय