स्याङ्जा,२० कार्तिक । जनताका गुनासो सुन्न नेपाली काङ्ग्रेसका पुर्व उपसभापति तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ यतिबेला गृहजिल्ला स्याङ्जामा ब्यस्त हुनुभएको छ ।
जिल्लाका विभिन्न स्थानमा जनताका गुनासो सुन्दै हिड्नु भएका श्रेष्ठले भोलि बुधबार वालिङ् उद्योग वाणिज्य संघको सभाहलमा जनताका गुनासो सुन्ने कार्यतालिका रहेको उहाँकाे सचिवालयले जनाएको छ । बिहान ११ बजे सभाहलमा पुग्ने श्रेष्ठले बिशेष गरि स्याङ्जा क्षेत्र नम्बर २ का जनताको गुनासो सुन्न वालिङमा कार्यक्रमको आयोजना गर्नुभएको हो ।
दुई निर्वाचन क्षेत्र भएको स्याङ्जामा गत निर्वाचनमा दुई क्षेत्रमै संघमा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको थियो । क्षेत्र नम्बर एकमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति राजु थापा विजय हुनुभएको थियो भने क्षेत्र नम्बर दुईमा नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले विजय हासिल गर्नुभएको थियो ।