क्रान्ति अर्याल
स्याङ्जा,२३ कार्तिक । बालबालिका अध्ययन गर्ने गुरुकुलमा संस्कार रहेको अमोर बालगृहकी संचालिका कमला पराजुलिले बताउनुभएको छ । शुक्रवार आफ्ना बालगृहका बालवालिका लिएर स्याङ्जाको गल्याङ नगरपालिका १ रामनदीधाम संस्कृत गुरुकुलममा पुग्नु भएकी पराजुलीले उक्त कुरा बताउनुभएको हो ।
गुरुलमको गेटमा पुग्ने बित्तिकै बटुकहरुको स्वस्ती वाचन बाट प्रभावित हुनु भएकी पराजुली सबैले संस्कार संरक्षण गर्नका लागि गुरुकुल अध्ययन गर्नुपर्ने र सोहि संस्कार आफ्ना बालबालिकालाई प्रत्यक्ष रुपमा सिकाउनका लागि गुरुकुलम आएको बताउनुभयो ।
करिब ४ बजेको समयमा रामनदीधामको संस्कृत गुरुकुलम पुगेको बालगृहको टोलीलाई गुरुकुलमका शिक्षक गोविन्द भण्डारीले स्वागत गर्नुभयो । पछिल्लो समय स्याङ्जा जिल्लालाई सडक बालबालिका मुक्त बनाउने प्रयास अनुरुप स्याङ्जाको फेदीखोला गाउँपालिका १ कटुँजेमा अमोर बालगृह सञ्चालन आएको छ । सहाराबिहिन सडक बालबालिकालाई उक्त बालगृहमा राखिएको छ । तिनै बालबालिकालाई सस्कार दिन बालगृहको टोलि त्यहाँ पुगेको हो ।
२०६८ साल देखि संञ्चालनमा आएको बालगृहमा स्याङ्जा सहित पर्वत, गुल्मी, बाग्लुङ ,म्याग्दी, तनहुँ देखि कास्की सम्मका अनाथ तथा सहाराविहिन बालबालिकाहरूले आश्रय पाएका छन् । आश्रित बालबालिकाहरूलाई पारिवारिक वातावरणमा हेरचाहको व्यवस्था गरिएको बालगृहकी व्यवस्थापक कमला पराजुलीले बताउनुभयो । ५० जना बालकालिका बस्न सक्ने क्षमता रहेको बालगृहमा हाल ३८ वालबालिका रहेका छन् । रामनदीधाम गुरुकुलमको अवलोकनसंगै बालगृहका बालवालिकाहरुपनि अझ संस्कारी बन्ने विश्वास उहाँको छ ।
२०७५ सालमा स्थापना भएको गुरुकुलममा कक्षा ६ देखि १० सम्म अध्यापन गराइन्छ । उक्त गुरुकुलममा अहिले १०४ जना बटुकहरुले अध्ययन गर्दछ्न ।