क्रान्ति अर्याल
स्याङजा,२४ कार्तिक । स्याङजा र पाल्पाको संगम स्थलको रुपमा बिकास भइरहेको उत्तरवाहिनि क्षेत्र बिस्वकै धार्मीक क्षेत्र बन्न सक्ने स्याङजाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभएकाे छ ।
कात्तिक ९ गतेवाट कात्तिक ३० गतेसम्म संचालन भएको मातापिता पुजन एवम् दामोदर महोत्सवमा सरिक हुन सो क्षेत्रमा पुग्नु भएकी नेपालले सो कुरा बताउनुभएको हो । पछिल्लो समय गाउँबस्तीमा युवापुस्ताहरु विदेशीनु र छोराछोरीले मातापिताको संस्कार, संस्कृति भुल्दै गएको भन्दै मातापिता पुजन एवम् दामोदर महोत्सवको आयोजना गरिएको छ । परम्परागत मातापिताको संस्कारलाई संरक्षण गर्ने उद्देश्यले स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङ्गा उत्तरवाहिनी धाममा मातापिता पूजन एवम् दामोदर महोत्सव सञ्चालन गरिएको छ । सबै प्रश्नहरुको उत्तर पाउने ठाउँ उत्तरवाहिनी धाम पछिल्लो समय धामको रुपमा स्थापित गर्न लागिएको हो । दामोदर मास रहेको यस अवसरमा फरक अभियानसंगै जन्मदिने मातापिता भगवान समान रहेकोले उहाँहरुको उच्च सम्मान गर्नुपर्नेमा पछिल्लो समय भुल्दै गएको अवस्थालाई स्मरण गर्नका लागि दामोदर अनुष्ठानको कार्यक्रम संचालन गरिएकाले उत्तरवाहिनी क्षेत्र धार्मिक रुपमा विकास हुदै गईरहेकाले यसलाई अझ फरक ढंगले अगाडि लग्न सके भावि दिनमा विश्वमै प्रख्यात धार्मिक क्षेत्र बन्ने उहाँको भनाइ थियो ।