धार्मीक महोत्सव फलदाई बन्दै छ : प्रहरी प्रमुख शर्मा

२०८१ कार्तिक २५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 1 मिनेट

क्रान्ति अर्याल
स्याङजा, २५ कार्तिक । स्याङजा र पाल्पाको संगम स्थलको रुपमा रहेको धार्मीक क्षेत्र उत्तरवाहिनि धाममा संचालनमा रहेको मातापिता पुजन एवम् दामोदर महोत्सव फलदाई बनेकाे जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख शालिकराम शर्माले बताउनुभएकाे छ ।

पबित्र नदिको रुपमा रहेको कालिगण्डकी नदि त्यसैमा उत्तर फर्केर बगेको तपोभुमी स्याङजा र पाल्पाको संगम स्थलको रुपमा बिकास भइरहेको उत्तरवाहिनि क्षेत्रमा मातापिता पुजन कार्यक्रमले पछिल्लाे समय सँस्कार सँस्कृति भुल्दै गएको अबस्थामा पुनर्जागरण गराउनका साथै कर्तब्य समेत बाेध गराएकाे उहाँकाे भनाइ थियाे । काात्तिक ९ गतेवाट कात्तिक ३० गतेसम्म सन्चालन हुुने मातापिता पुजन एवम् दामोदर महोत्सवमा सरिक हुन सो क्षेत्रमा पुग्नु भएका शमाले यास्ताे बताउनुभएकाे हाे । परम्परागत मातापिताको संस्कारलाई संरक्षण गर्ने उद्देश्यले स्याङजाको गल्याङ नगरपालीका १ मालुङ्गगा उत्तरवाहिनी धाममा मातापिता पूजन एवम् दामोदर महोत्सव सञ्चालन गरिएको छ । सबै प्रश्नहरुको उत्तर पाउने ठाउँ उत्तरवाहिनी धाम पछिल्लो समय धामको रुपमा स्थापित गर्न लागिएको हो । दामोदर मास रहेको यस अवसरमा फरक अभियानसगैँ जन्मदिने मातापिता भगवान समान रहेकोले उनीहरुको उच्च सम्मान गर्नुपर्ने स्मरण गर्नका लागि दामोदर अनुष्ठानको कार्यक्रम सञ्चालन गरीएकाले उत्तरवाहिनी क्षेत्र धार्मीक रुपमा बिकास हुदै गईरहेकाले यसलाई अझ फरक ढंगले अगाढी लान सके महोत्सव फलदाई बन्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय