संगम भण्डारी
स्याङ्जा ,२५ कात्तिक । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ मा रहेको श्री रामनदी धाम सांस्कृतिक गुरुकुलमा लियो जिल्ला परिषद् ३२५ एम र लियो क्लब अफ वालिङ सिटीको आयोजना र व्यवस्थापनमा खाद्यान्न सहयोग भएको छ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि चेतनारायण श्रेष्ठले आजको यो जमानामा हामीले दुःख गरी कमाएको पैसा केही सहयोग गर्दा पुण्य मिल्ने बताउनुभयो।
उहाँले भन्नुभयो यो गुरुकुलमले साँच्ची नै एउटा इतिहास बोकेको छ। यो गुरुकुलले धेरै व्यक्तिको भविष्य उज्ज्वल गराएको छ हामीले गरेको सहयोग त्यति ठूलो त नहोला तर केही हदसम्म सहज भएको उहाँले बताउनुभयो।
सोही कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका वडा नम्बर १ का अध्यक्ष मणिप्रसाद बस्यालले यो समयमा युवा वर्गहरुले धार्मिक क्षेत्रमा ध्यानाकर्षण दिएको बताउनुभयो।
रामनदीधाम सांस्कृतिक गुरुकुलमा अध्ययनरत विद्यार्थीको गएको समयमा शतप्रतिशत विद्यार्थी एसइइ पास गरेको कुरा समेत उहाँले बताउनुभयो।
उक्त कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ एम , नेपालका निबर्तमान अध्यक्ष लियो आश्विन खतिवडाले यस धार्मिक स्थल सहयोग गर्न पाउदा र यहाका वटुकहरु द्वारा स्वागत भजनले गर्दा निकै आन्न्दित भएको बताउनु भयो कार्यक्रममा माथि प्रकाश Hunger relief Department Head लियो अमिस लामा बताउनु भयो ,सन्योग थापा को अध्यक्षतामा र दिक्षान्त प्रताप खाँणले सन्चालन गर्नुभएको थियो।