पूजा खड्का
स्याङ्जा, २७ कार्तिक । पुतलीबजार नगरपालिका वडा नम्बर १२ गुमार्दी रावल थरमा वातावरणीय प्रदुषण न्यूनीकरण स्वरुप धुवाँरहित सुधारिएको चुल्हो बनाउने कार्य सञ्चालन भई रहेको छ।
विश्वव्यापी रुपमा फैलिएको वातावरणीय प्रभावले गर्दा समाजमा स्वास्थ्य सम्बन्धी विविध समस्या खेपिरहेको बेला पुतली बजारको १२ गुमार्दी रावल थरले धुवाँरहित चुल्हो बनाएर वातावरणीय समस्यामा सावधानी ल्याउन प्रयास गरिरहेको हाे।
धुवाँरहित सुधारिएको चुल्हो निर्माणको लागि कादुरि संस्थाको आर्थिक सहयोगमा सीप हस्तान्तरण तथा सशक्तिकरण संस्था (एन ई एस टी) ले प्राविधिक सहयोग गर्दै शुक्रबार देखि तालिमको व्यवस्था गरेर निर्माण भइरहेको संस्थाका रविन श्रेष्ठले जानकारी दिनुभयो ।
सुधारिएको चुल्होले खाना बनाउँदा आउने धुवाँबाट लाग्ने रोगबाट बचाउ हुने र दाउरा बढी नलाग्ने हुँदा बन् जङ्गल विनाशबाट रोकिने र बाताबरण प्रदुषणमा न्यूनीकरण ल्याउन सहयोगी हुने उद्देश्य सहित सुधारिएको चुल्होलाई महत्व दिइएको सिप हस्तान्तरण तथा सशक्तिकरण संस्थाका श्रेष्ठले बताउनुभयो।
स्थानीय स्तरमा सुधारिएको चुल्हो निर्माण हुँदै गरेको र कार्यक्रममा सहभागी भएर काम सिक्दै व्यावहारिक रूपमा सिकेको सीप लाई प्राक्टिकल रुपमा प्रयोग गरी कार्य गर्न पाउँदा खुशी लागेको खिम चन्दले जानकारी दिनुभयो। यसै क्रममा आफू यहां नरहे पनि आफू हुँदा कार्यक्रम आएको र आधुनिकीकरणको नाममा विविध उपकरण प्रयोग गर्दै गर्दा स्थानिय स्तर मै सञ्चालन गर्न सकिने जहां जे छ त्यहा त्यही चीजको प्रयोग र उपयोग गर्ने गर्नाले आम मानिसमा अलग किसिमको बानीको विकास गराउने जानकारी चन्दले गराउनुभयो।
त्यसै गरी निर्माण कार्य सम्पन्न गर्नको लागि संस्थाको तर्फबाट टोप बहादुर अधिकारी र आफू गरी दुई जना सहभागी भएको रविन श्रेष्ठले बताउनुभयो। यहां भिरकोट ३ को राना गाउँ र बाकी पुतलीबजार १२ गुमार्दी रावलथर गरी ६० वटा धुवाँ रहित सुधारिएको चुल्हो निर्माण गर्ने कार्य रहेको र आवश्यक सामग्री घर घर पूर्याइ सकिएको श्रेष्ठले बताउनुभयो। सुधारिएको चुल्हो ढुङ्गा माटोबाट निर्माण गर्दा बलियो हुने ब्लक र इट्टाको प्रयोगबाट पनि निर्माण गर्न सकिने सहज हुने श्रेष्ठले बताउनुभयो।