पूजा खड्का
स्याङ्जा, २८ कार्तिक । पुतलीबजार नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंकले बुधबार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर लायन्स क्लब स्याङ्जा टाउनलाई ड्रेस सामग्री वितरण गरेको छ।
मुक्तिनाथ विकास बैंक स्याङ्जाका प्रमुख डम्मर बहादुर क्षेत्रीले लायन्सले गरेका सचेतना र सेवा सम्बन्धी कार्यको प्रशंसा गर्दै लायन्स मार्फत मुक्तिनाथ विकास बैंक पनि जनता सामु सेवा भाबको लागि अघि बढ्ने जानकारी गराउनुभयो।
लायन्स क्लब स्याङ्जा टाउनले समाजमा सामाजिक कार्यक्रम गरी सकारात्मक प्रभाव पारेको हुँदा चालीस हजार बराबरको ड्रेस लायन्स क्लबलाई वितरण गरेको छ।
कार्यक्रममा सेवाभाव भएका समाज सेवामा अग्रसर देख्दा सामाजिक जिम्मेवारी संस्थाको पनि रहन्छ भन्दै कार्य गरेकोमा मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर ड्रेस प्रदान गरेको भरत लम्सालले जानकारी गराउनुभयो। त्यसै गरी आउँदो दिनमा पनि बैंक लगायत व्यक्तिको पनि सहयोग रहने बताउँदै समाज सेवामा सक्रिय भएर लाग्न लायन्स लाई सुझाब गर्नुभएको थियो।
कार्यक्रम मा लायन्स क्लब स्याङ्जा टाउनका अध्यक्ष सुनिता पौडेल गौतमले समाजमा देखिएका समस्यामा आफूहरु सदा लाग्ने जानकारी गराउनुभयो । त्यसै गरी मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर लायन्स क्लब स्याङ्जा टाउन लाई ड्रेस सामग्री वितरण गरेकोमा खुशी व्यक्त गर्दै यहाँहरुको सुझाब मनन गरेका छौं कार्यान्वयनमा अघि बढ्नेछौ र समाजमा देखिएका समस्यामा साथ रहनेछौ भन्दै बैंक प्रति आभार प्रकट गर्नुभएको थियो। कार्यक्रममा लायन्सका सदस्य मुक्तिनाथ विकास बैंकका पदाधिकारी सदस्य र कर्मचारी लगायतको सहभागिता रहेको थियो।