हिन्दुराष्ट्र चाहन्छु भने एक पटक मत परिवर्तन गर्नुस् : लिङ्देन

२०८१ कार्तिक २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाउन चाहेमा एक पटक मत परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका १ उत्तरवाहिनी क्षेत्र मालुङ्गामा चलेको मातापितापूजन एवं दामोदर महोत्सवमा पुग्नु भएका अध्यक्ष लिङ्देनले सो कुरा बताउनु भएको हो ।

देशभन्दा माथी धर्म हुने भन्दै अध्यक्ष लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाएरै छाड्ने संकल्पमा आफ्नो पार्टी लागेको दोहोराउनु भयो । उहाँले भन्नुभयो “हामी धर्म सहितको राजनीति गर्दछौं । राजनीतिमा धर्म चाहिन्छ ।” राजनीतिमा धर्म नहुदा नेपालीलाई भुटानी शरणार्थी बनाउने बुद्धि आउने भन्दै आफुहरु धर्म सहितको राजनीतिमा लागेको बताउनुभयो ।

नेपाललाई हिन्दुराष्ट्र बनाउन सकियो भने विश्वभरीका हिन्दुहरु एकपटक नेपाल ल्याउन सकिने भन्दै त्यसैले यहाँको पर्यटन क्षेत्रमा ठूलो विकास हुने उहाँले धारणा राख्नुभयो । नेपाललाई हिन्दुराष्ट्र बनाएर बिश्वसामु पहिचान गराउन अब ढिला गर्न नहुने उहाँको जिकिर थियो ।

जनताको चाहनामा भन्दा पनि केही नेताको चाहनामा नेपाल धर्म निरपेक्ष भएको भन्दै हिन्दुराष्ट्र चाहनेले एक पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भोट गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार