स्याङ्जा, २ मंसिर । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार स्याङ्जा काँग्रेसले ‘१०० दिन बिशेष अभियान’ कार्यक्रम शुरु गर्ने तयारी गरेकाे छ । अभियान शुभारम्भ गर्न नेपाली काँग्रेस स्याङ्जाले जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, क्षेत्र, प्रदेश,पालिका देखी वडातह सम्मका नेता तथा कार्यकर्ताहरुलाई सहभागीका लागि अनुरोध गरेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा एक सय दिन अभियानका केन्द्रीय प्रतिनिधि टेकप्रसाद गुरुङ्लाई केन्द्रले खटाएको छ । मंसिर ३ गते सोमबार केन्द्रीय प्रतिनिधि गुरुङ्को बिशेष उपस्थतीमा यो अभियान शुभारम्भ गर्ने तयारी रहेको नेपाली काँग्रेस स्याङ्जाका सचिव दामाेदर लम्सालले जानकारी दिनुभयाे ।
यो अभियानले केन्द्रीय समितिले निर्देशन गरे अनुसारको काम कर्तव्य र जिम्मेवारी नेता तथा कार्यकर्ताहरुले गरे नगरेको बिषयमा अनुगमन, विकासका गतिको अवस्था र नियमित बैठक बसेको वा नबसेका बिषय सहित काँग्रेससगँ जोड्ने अभियान रहेको नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा प्रतिनिधि सभा सदस्य राजु थापाले जानकारी दिनुभयाे । सोमबार अभियानको शुभारम्भ पछि जिल्लाले वडातहसम्म प्रतिनिधि खटाउने छ सभापति थापाले बताउनुभयाे,‘प्रतिनिधिहरु वडातह सम्म पुगेर त्यहाँको गतिविधि जिल्लालाई बुझाउने छन् ।’