काठमाडौं ,३ मंसिर । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक व्यक्त गर्दै दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयाे।