स्याङ्जा ,३ मंसिर । स्याङ्जालाई पत्रकारिताको थलो बनाई लामो समयदेखि पत्रकारिता पेशामा क्रियाशिल प्रेस स्वतन्त्रता सेनानी ओमप्रकाश शर्मा इन्डो नेपाल रिलेशन एण्ड पीस फाउण्डेशनद्धारा पोखरामा आयोजित एक बिशेष समारोहमा अन्र्तराष्ट्रिय गौरब अभियान पुरस्कारबाट सम्मानित गरिएको छ ।
पत्रकारिताका माध्यमबाट जनमत निर्माण र समाज परिवर्तनमा महत्वपूर्ण योगदान दिए वापत भारतीय केन्द्रीय प्रहरी संगठनका अतिरिक्त प्रहरी महानिरीक्षक (ए.आईं.जी) डा. नितेश हरिद्धाज र नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संयुक्त रुपमा पत्रकार शर्मालाई सम्मानित गर्नुभएको हो । पत्रकार शर्मासंगै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए वापत गण्डकी प्रदेश अन्र्तगतका जिल्लाहरुका बिभिन्न बिधामा क्रियाशिल अन्य १५ जनालाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान प्रदान गर्दै समारोहका प्रमुख अतिथी डा. नितिश हरिद्धाजले सदियौ पुरानो नेपाल भारत सम्बन्ध सवल र सुदृण् बनाउन नागरिक स्तरमा नेपाली जनताले खेलेको सकारात्मक भूमिकाको प्रशंसनीय रहेको बताउनुभयो । यसैगरी, काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भारतीय स्वतन्त्रता संग्राममा नेपाली सपूतहरुले खेलेको महत्वपूर्ण भूमिका र नेपालमा राण शासन अन्त्य गर्न र प्रजातन्त्र स्थापनामा भारतीयहरुको सहयोग अविश्मरणीय रहेको बताउनुभयो ।
फाउण्डेशनका अध्यक्ष संजय गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्डो नेपाल रिलेशन एण्ड पीस फाउण्डेशन नेपालका प्रमुख यबराज आचार्यले स्वागत एवं सुषमा प्रसाईले संचालन गर्नुभएको थियो ।