मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने

२०८१ मंसिर ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,५ मङ्सिर। साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ ।

मंगलबार पक्राउ परेका प्रसाईलाई म्याद थपका लागि बुधबार काठमाडौं सरकारी वकिल कार्यालय र जिल्ला अदालत काठमाडौं लगिएको थियो । काठमाडौँ जिल्ला अदालतले प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्ध सामाजिक सञ्जालमा दुष्प्रचार गरेका थिए प्रसाईँमाथि साइबर क्राइम, कीर्ते र मानहानि लगायतको मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय