स्याङ्जामा जलवायु सम्बन्धि गोष्ठि

२०८१ मंसिर १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल

स्याङजा,१० मंसिर । नेपाल पानी सदुपयोग फाउन्डेसनको आयोजना, गल्याङ नगरपालिका र वालिङ नगरपालिकाको समन्वयमा स्याङ्जामा जलवायु गोष्ठी सम्पन्न भएको छ । सोमबार गल्याङ नगरपालिकाको सिटीहलमा उक्त कार्यक्रम भएको हो ।

पानीलाई कसरी विपदबाट समृद्धिमा बदल्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर गरिएको गोष्ठीमा जलवायु तथा पानी व्यवस्थापनमा सहरीकरणका चुनौती र समाधानका उपायहरु ,बाढी, खडेरीजस्ता समस्याहरूलाई अवसरमा बदल्न सकिने उपायहरूबारे गहन छलफल गरिएको थियो ।

यसै विषयमा गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई , नेपाल सरकार पुर्व जलस्रोत मन्त्री प्राज्ञ दिपक ज्ञवाली, काठमाडौ विश्वविद्यालयका उपप्राध्यापक डा.नानी रावत, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.चन्द्रलाल पाण्डे , वन तथा भुपरिधी योजनाविद लक्ष्मीदत्त भट्ट, नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष डा.ङमिन्द्र दाहाल लगायतले आ आफ्नो राय तथा सुझाव राख्नुभएको थियो ।

उक्त कार्यक्रममा बाढीको पानीलाई जलाशय र सिँचाइ प्रणालीमा उपयोग गरी कृषि उत्पादन वृद्धि गर्ने, वर्षा पानी संकलन प्रणाली विस्तार गर्ने बारे छलफल गरिएको थियो । त्यसैगरी जलवायु अनुकूलनका योजनाहरू कार्यान्वयन गर्दै बाढी र खडेरी नियन्त्रणमा सामुदायिक सहकार्यको आवश्यकता बारे छलफल भएको थियो ।

उक्त कार्यक्रममा गल्याङ नगरपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु, किसान, विद्यार्थी र सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमले जलवायु सचेतना अभिवृद्धि र जलस्रोतको दिगो उपयोगका लागि ठोस कार्ययोजना तयार गर्न प्रेरणा दिएको आयोजकले जनाएको छ ।

गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रोजगार शाखाका प्रमुख खगेन्द्र भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय