बुटवल,१३ मंसिर । विश्वमै सर्वाधिक लोकप्रिय बाइक रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन बुधबार बुटवलमा लन्च गगरिएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा लि को यस क्षेत्रको आधिकारिक डिलर गैरे प्रतिष्ठान प्रा लि ले बुटवल कालिकानगरस्थित शो रुममा क्लासिक ३५० सिग्नल्स एडिसन आज लन्च गरेको हो ।
बुधबार एक कार्यक्रमबीच प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे, सञ्चालकहरु लक्ष्मी गैरे, सञ्चालक प्रबेशराज गैरेले उक्त बाइक लन्च गर्नुभएकाे हाे । लन्चकै अवसरमा बाइक खरिद गरेका बुटवलका राजेश कुमार गुरुङ र कपिलवस्तु चन्द्रौटाका सुरज अधिकारीलाई चाबी हस्तान्तरण गरिएको छ ।
यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीदु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ। सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आपल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, साथै बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्ने गैरे प्रतिष्ठानका सञ्चालक प्रबेशराज गैरेले बताउनुभयाे । बाइकको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन सिट शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिने बनाइएको छ । लन्च संगै बाइकको विक्रि खुला गरिएको हुंदा शोरूम भिजिट गरि वाईकको टेष्ट राईड गर्न सकिने अध्यक्ष प्रेमराज गैरेले बताउनुभयाे ।
लन्चका अवसरमा प्रतिष्ठानका सिनियर म्यानेजर ध्रुव सापकोटा , नारायण खनालले सन् १९०१ देखि निरन्तर नयां नयां मोडल र फिचरमा उत्पादन गरिरहेकाले रोयल इनफिल्ड बाइक पारखीको रोजाइ र विश्वको लोकप्रिय ब्राण्ड बनेको बताउनुभयाे । बुकिङ खुला भए संगै १७ वटा बाइक बुक भइसकेका अध्यक्ष गैरेले जानकारी दिनुभयाे ।