काठमाडौं,१३ मंसिर। १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार राति १२ देखि मौन अवधि सुरु हुने भएको छ ।
निर्वाचन आयोगले सूचना जारी गर्दै मतदान केन्द्रमा मतदान कार्य नसकिँदासम्म मौन अवधि लागु हुनेछ । निषेध (मौन) अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन ।
निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ घण्टाअघि निषेधित तथा मौन अवधि लागु गर्ने गर्दछ ।
‘निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने सम्बन्धित निकाय तथा अधिकारीहरूलाई निर्देशन दिएको छ,’ आयोगको सूचनामा भनिएको छ ।